प्रविण बेड्वाल र रचना रिमालको आवाजमा राष्ट्रकविको गीत

२८ भाद्र २०७७, आईतवार १०:११
Featured Video Play Icon

मकवानपुर, २८ भदौ । नेपाल आईडल सिजन ३ का फर्स्ट रनर अप प्रविण बेड्वाल र भाईरल प्रतियोगी रचना रिमालको आवाजमा नयाँ गीत तयार भएको छ । प्रविण र रचनाको यो गीत सर्वाधिक पर्खाईको गीत बनेको छ । यो पर्खाईको गीत यस अर्थमा बनेको छ कि प्रविण र रचनाको यो पहिलो सार्वजनिक हुने डुयट गीत हो । साथै राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्दमा यो गीत तयार भएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट–

‘उनको प्रीति’ बोलको यो गीत सोमबार बिहान ९ बजे रिमा ईन्टरटेन्मेन्ट नेपाल युट्युब च्यानलबाट प्रिमियर हुनेछ । राष्ट्रकवि घिमिरेको सम्झनामा उनकै रचना पस्कन थालिएको यो गीत सार्वजनिक हुनुपूर्व नै चर्चामा छ । प्रविण र रचनाको आवाजमा रहेको यो गीतमा चर्चित संगीतकार नारायण रायमाझीको संगीत रहेको छ । बि.बि. अनुरागीको संगीत संयोजनमा तयार भएको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई मिराज अर्यालले छायाँकन तथा सम्पादन गरेका छन् ।

प्रविणले राष्ट्रकवि घिमिरेको गीत गाउन पाउनु आफ्नो लागि ठूलो गौरव भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यो गीतबारे जानकारी दिँदै दिवंगत राष्ट्रकवि घिमिरेको शब्दमा आफ्नो स्वर दिने अवसर पाएकोमा आफुलाई शौभाग्यशाली महशुस भएको बताएका छन् । आज आफु जे छु र जहाँ छु त्यो सबै श्रोता दर्शकहरुले दिएको साथ र मायाले गर्दा हो भन्दै प्रविणले सबैलाई धन्यवाद दिँदै सदैव साथ र मायाको अपेक्षा गरेका छन् । गीतकी गायिका रचना रिमालले पनि गीत रेकर्डिङका फोटोहरु शेयर गर्दै गीत छिट्टै सार्वजनिक हुँदैछ भनेर लेखेकी छिन् । प्रविण र रचनाका यस अघि नै चर्चित गीतहरु सार्वजनिक भईसकेका छन् ।

आदरणीय दर्शकविन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*