मिलन नेवार र राजनराज शिवाकोटीको ‘उकुस मुकुस’ सार्वजनिक

२७ भाद्र २०७७, शनिबार २०:४७

मकवानपुर, २७ भदौ । गायिका मिलन नेवार र गायक तथा संगीतकार राजनराज शिवाकोटीको ‘उकुस मुकुस’ बोलको गीत सार्वजनिक भएको छ । देविथान म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायक तथा संगीतकार राजनराज शिवाकोटीकै शब्द र संगीत रहेको छ । बिजेश्वर तण्डुकारको एरेञ्जमा बनेको गीतलाई राजेश्वर तन्डुकारले मिक्सिङ मास्टरिङ गरेका छन् ।

राजनराज शिवाकोटी र मिलन नेवारकै फिचरिङ गरिएको गीतको म्युजिक भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । उत्सव दाहालको छायाँकनमा तयार भएको म्युजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । म्युजिक भिडियोका कलाकारहरुलाई ईन्दिरा महर्जनले सुन्दर बनाएकी छिन् । गीतको म्युजिक भिडियोको अन्तिममा नयाँ गीतको हेरौँ गीतको म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्–
डान्सिङ विथ दि स्टार्स नेपालमा विभिन्न स्टार र कोरियोग्राफरका जोडीहरुले तहल्का मच्चाउन सुरु गरेका छन् । यस शोमा प्रतिस्पर्धा गरिरहेका ११ जोडीहरुमध्ये चर्चामा रहेको एक जोडी हुन् प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जनको । यो जोडी ट्यालेन्ट नै ट्यालेन्टले भरिएको जोडी हो भन्दा फरक नपर्ला किनभने यी दुबै प्रतियोगीहरु विभिन्न क्षेत्रमा चर्चित छन् । उनीहरुले एकभन्दा बढी क्षेत्रमा सफलताको स्वाद चाखिसकेका छन् । एउटै क्षेत्रसँग सम्बन्धित जस्तो देखिने उनीहरुको फरक फरक व्यक्तित्वले नृत्यमा पनि तहल्का मच्चाउने निश्चित छ । उनीहरुले डान्सिङ विथ द स्टारमा एउटा ईतिहास रच्ने अपेक्षा दर्शकहरुले गरेका छन् । यस भिडियो सामग्रीमा स्टार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

नेपाल आईडल सिजन ३ का फस्ट रनर अप प्रविण बेड्वाल अहिले सर्वाधिक चर्चामा छन् । नेपाल आईडलमा निर्णायकहरुले नै संगितका उस्तादका रुपमा प्रशंसा गरेका प्रविणले सिजन ३ मा १२ वटा अवार्ड जित्नुका साथै दुई पटक सर्वाधिक भोट पनि प्राप्त गरेका थिए । बर्दिया निवासी प्रविणले नेपाल आईडलमा सहभागी हुनु पहिले र सहभागी भईसकेपछि पनि विभिन्न अफिसियल गीतहरु सार्वजनिक गरिसकेका छन् । नेपाल आईडलमा आउनुभन्दा धेरै अघि पनि केही गीत गाएका प्रविणका ती गीतहरु श्रोतासम्म पुग्न पाएनन् । केहीले सुन्ने मौका पाए भने केहीले ती गीतहरुका बारेमा थाहा नै पाएनन् । तर नेपाल आईडलमा आएपछि रिलिज भएका उनका गीतहरु भने लाखौँ श्रोता दर्शकहरुले सुन्न र हेर्न पाए । यस भिडियो सामग्रीमा हामी प्रविण बेड्वालका ६ वटा अफिसियल गीतहरुका बारेमा चर्चा गर्दैछौँ जुन गीतहरुमध्ये कतिपय गीतलाई सम्भवत तपाईले सुन्न र हेर्न पाउनुभएको छैन होला । अनि केही गीतलाई भने तपाईले पक्कै सुनेको वा हेरेको हुनुपर्छ । आउनुहोस् ती गीतहरुबारेमा चर्चा गरौँ । हेर्नुहोस् यो भिडियो फिचर–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*