ट्योलेन्ट नै ट्यालेन्टले भरिएको जोडी–‘प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जन’

२७ भाद्र २०७७, शनिबार ०८:२८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २७ भदौ । डान्सिङ विथ दि स्टार्स नेपालमा विभिन्न स्टार र कोरियोग्राफरका जोडीहरुले तहल्का मच्चाउन सुरु गरेका छन् । यस शोमा प्रतिस्पर्धा गरिरहेका ११ जोडीहरुमध्ये चर्चामा रहेको एक जोडी हुन् प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जनको । यो जोडी ट्यालेन्ट नै ट्यालेन्टले भरिएको जोडी हो भन्दा फरक नपर्ला किनभने यी दुबै प्रतियोगीहरु विभिन्न क्षेत्रमा चर्चित छन् । उनीहरुले एकभन्दा बढी क्षेत्रमा सफलताको स्वाद चाखिसकेका छन् । एउटै क्षेत्रसँग सम्बन्धित जस्तो देखिने उनीहरुको फरक फरक व्यक्तित्वले नृत्यमा पनि तहल्का मच्चाउने निश्चित छ । उनीहरुले डान्सिङ विथ द स्टारमा एउटा ईतिहास रच्ने अपेक्षा दर्शकहरुले गरेका छन् । यस भिडियो सामग्रीमा स्टार प्रशान्त ताम्राकार र कोरियोग्राफर स्वयत्ना योञ्जनका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो फिचर–

प्रशान्त ताम्राकार चर्चित कलाकार हुन् । नेपाली दर्शकहरुले उनलाई खतरनाक खलनायकका रुपमा चिन्छन् । नेपाल चलचित्रमा देखिने खलनायकहरुभन्दा फरक चरित्रका कारण चर्चामा आएका प्रशान्त ताम्राकार फेसन कोच, फेसन कोरियोग्राफर तथा कलाकारका रुपमा चर्चित छन् । उनी बिग बेल एडुटेन्मेन्ट प्रालिका संस्थापक संचालक पनि हुन् । सन् १९९२ बाट नेपाली फेसन र मोडलिङको क्षेत्रमा क्रियाशिल प्रशान्तले सन् १९९४ मा मिस्टर नेपालको उपाधि समेत हात पारेका थिए । प्रशान्तले फिल्म ‘टाटा बाइबाई’बाट फिल्मी करियर सुरु गरेका थिए । फिल्म ‘मुखौटा’, ‘सम्बोधन’ हुँदै ‘ऐश्वर्य’सम्म आइपुग्दा प्रशान्तले चर्चाको शिखर चुमेका थिए । उनका यसबाहेक पनि अन्य धेरै चलचित्रहरुमा अभिनय देख्न सकिन्छ । उनी चर्चित कोरियोग्राफर स्वयत्ना योञ्जनसँग जोडी बाँधेर डान्सिङ विथ द स्टार्स नेपालमा प्रतिस्पर्धा गर्दैछन् ।

स्वयत्ना योञ्जन चर्चित कोरियोग्राफर हुन् । स्वयत्नाको परिचय कोरियोग्राफरमा मात्र सिमित छैन । उनी डान्सर, फ्रिल्यान्सर ईभेन्ट होस्ट र उद्यमी पनि हुन् । झन्कार लाईभ शोबाट भिजेका रुपमा चर्चित बनेकी स्वयत्नालाई धेरैले भिजेकै रुपमा पनि चिन्ने गर्छन् । उनी बेली डान्सिङ नेपालकी संस्थापक संचालिका पनि हुन् । उनी मेरो नाना नेपालकी संस्थापक पनि हुन् । नेपाल टेलिभिजनमा भिजेका रुपमा परिचय बनाएकी स्वयत्ना हिपहप ईन्टरनेशनल नेपालका पूर्व निर्देशक पनि हुन् । उनी डान्सिङ विथ दि स्टार्स नेपालमा प्रशान्त ताम्राकारसँग जोडी बाँधेर प्रतिस्पर्धा गरिरहेकी छिन् । आदरणीय दर्शकविन्द, तपाईलाई प्रशान्त ताम्राकार र स्वयत्ना योञ्जनको जोडी कस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*