प्रविण बेड्वालको २ गीत जुन तपाईले सुन्नुभएको छैन

२६ भाद्र २०७७, शुक्रबार ०९:२३
Featured Video Play Icon

मकवानपुर, २६ भदौ । नेपाल आईडल सिजन ३ का फस्ट रनर अप प्रविण बेड्वाल अहिले सर्वाधिक चर्चामा छन् । बर्दिया निवासी प्रविणले नेपाल आईडलमा सहभागी हुनु पहिले र सहभागी भईसकेपछि पनि विभिन्न गीतहरु गाईसकेका छन् । यस भिडियो सामग्रीमा प्रविण बेड्वालको २ वटा गीतका बारेमा चर्चा गर्दैछौँ जुन गीत सायद तपाईले सुन्न र हेर्न छुटाउनुभएको हुनसक्छ । यी गीतहरुमध्ये पहिलो गीत उनले नेपाल आईडलमा आउनुअघि नै रेकर्ड गराएका थिए र करिब १० महिना अघि सार्वजनिक गरेका थिए । दोस्रो गीत भने केही साता अघि मात्रै सार्वजनिक गरिएको हो । आउनुहोस् ती गीतहरुबारे चर्चा गरौँ । हेर्नुहोस् यो भिडियो फिचर–

१) शुभकामना–प्रविण बेड्वालको अफिसियल गीतहरुमध्ये सबैभन्दा सुरुमा सार्वजनिक भएको गीत ‘शुभकामना’ बोलको गीत हो । यो गीतलाई २१ अक्टोबर २०१९ मा गीतकार भरतराज जोशीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । बुवा आमाले विशेषत छोरीको विवाह हुँदाका समयमा व्यक्त गर्ने माया, सद्भाव र आशिर्वादलाई यस गीतमा समावेश गरिएको छ । भरतराज जोशीको शब्द तथा कर्ण संज्यालको संगीतमा तयार भएको यो गीतलाई नेपाल आईडल आउनुपूर्व नै प्रविणले रेकर्ड गराएका थिए । यो गीत लिरिकल भर्सनमा मात्र सार्वजनिक भएको थियो ।

२) सारी राम्रो रेशमी–प्रविण बेड्वालको अफिसियल गीतहरुमध्ये पछिल्लो समयमा सार्वजनिक भएको गीत ‘सारी राम्रो रेशमी’ बोलको गीत हो । अञ्जुली ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतको अडियो भर्सनमात्र सार्वजनिक गरिएको छ । यो गीत १७ अगष्ट २०२० मा सार्वजनिक गरिएको थियो । लिलाधर मिश्रको शब्द तथा राज खड्काको संगीतमा यो गीत तयार भएको हो । गीतलाई सञ्जय हमालले एरेञ्ज गरेका छन् ।
आदरणीय दर्शकविन्द, तपाईलाई प्रविण बेड्वालका यी २ गीतहरु कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यी गीतका लिंकहरु यस भिडियोको डिस्क्रीप्सनमा पनि राखिएको छ । यस्तै भिडियोहरुका लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*