दिवान्शी बैदावार र शुभम भुजेलको फरक जोडी

२४ भाद्र २०७७, बुधबार २०:४१
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २४ भदौ । चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ मा विभिन्न १२ जना स्टार र कोरियाग्राफरको जोडीहरुले प्रतिस्पर्धा गर्दैछन् । ती जोडीहरुमध्ये अलि फरक जोडी हो दिवान्शी बैदावार र शुभम भुजेलको जोडी । यो प्रतियोगितामा दिवान्शी स्टारका रुपमा सहभागी छन् भने शुभम कोरियोग्राफरका रुपमा सहभागी छन् । थुप्रै गीतहरुमा वयस्क कलाकारहरुलाई कोरियोग्राफी गरिसकेका शुभमले यो पटक भने सानी नानीलाई कोरियोग्राफ गरेर टाईटलको जितसम्म पुराउनुपर्नेछ । यस अर्थमा पनि यो जोडी अरु जोडीभन्दा फरक देखिन्छ । हेर्नुहोस् यो जोडीको बारेमा विस्तृत जानकारीमुलक भिडियो–

विभिन्न चर्चित गीतहरुमा कोरियोग्राफीको अनुभव लिईसकेका शुभम प्रोफेसनल डान्सरका साथै कोरियोग्राफर पनि हुन् । उनले चलचित्रदेखि विभिन्न चर्चित म्यूजिक भिडियोहरुमा कोरियोग्राफी गरिसकेका छन् । हिपअप ईन्टरनेशल नेपालमा सिल्भर अवार्ड जितेका शुभमले अमेरिकामा आयोजित वर्ल्ड हिपहप डान्स च्याम्पियनशिपमा समेत सहभागी भएका छन् । उनी नेपाली डान्सिङ रियालिटी शो बुगीवुगीको उत्कृष्ट ९ सम्म पनि पुगेका थिए । झापा निवासी शुभमले डान्सिङ विथ दि स्टार्सन नेपालमा टिकटक स्टार दिवान्शीलाई साथ दिँदैछन् ।

टिकटकबाट भाईरल भएकी दिवान्शी बैदावार डान्सिङ विथ दि स्टार्स नेपालका सबैभन्दा कम उमेरकी प्रतियोगी हुन् । कोरियोग्राफर शुभम भुजेलसँग जोडी बाँधेर प्रतिस्पर्धामा उत्रिएकी दिवान्शीले साढे २ वर्षको उमेरदेखि नै नाच्न थालेकी हुन् । सानै उमेरमा टिकटक स्टार बनेकी दिवान्शीले विभिन्न स्थानमा आफ्नो आकर्षक नृत्य प्रदर्शन गर्ने मौका समेत पाईसकेकी छिन् । एसओएस हर्मन जिमिनियर सानोठिमीमा कक्षा ३ मा अध्ययनरत दिवान्शीले युट्युबमा समेत ९१ हजारभन्दा बढी सब्स्क्राईबर बटुलेकी छिन् । उनी अहिले ८ वर्षकी छिन् । उनी नवलपरासीकी हुन् ।

आदरणीय दर्शकविन्द, तपाईलाई दिवान्शी बैदावार र शुभम भुजेलको जोडी तपाईलाई कस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*