असोज २ गतेदेखि ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ सुरु हुँदै, यस्ता छन् तयारी

२३ भाद्र २०७७, मंगलवार २१:४८
Featured Video Play Icon

मकवानपुर, २३ भदौ । चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरणको प्रशारण असोजको २ गतेबाट हुने भएको छ । असोज २ गतेदखि हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि यो शो हिमालयन टेलिभिजन मार्फत प्रशारण हुनेछ ।

२६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारहरुले एक–एक जना व्यवसायिक डान्सर तथा कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धामा भाग लिँदैछन् । यो शोको प्रिमियरको छायाँकन समेत भैसकेको छ । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट बाहिरिनेछन् । बिजेताले कुल २० लाख नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् । हेर्नुहोस् यो भिडियो रिपोर्ट–

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा परिचित चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य टेलिश्रृङ्खलाकी अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, डान्सर तथा कलाकार सृष्टि केसी, मैथिली चलचित्रकी चर्चित नायिका पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमन्ता र बाल नृत्य कलाकार देवान्सी बैदवार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् ।

१२ जना स्टार कलाकारहरुलाई क्रमश लाउरे सिंहका रुपमा चर्चित कोरियोग्राफर राकेश टिखात्री, केबिका खत्री, प्रमोद भण्डारी, स्वयत्ना योञ्जन, युमी बलामी, सरोज मोक्तान, बिजु पार्की, केशव थापा, राजिव समर, सुनिल विश्वकर्मा र शुभम भुजेलले कोरियोग्राफसँगै जोडी बाँधेर प्रतिस्पर्धा गर्दैछन् । शोमा चर्चित नायिका गौरी मल्ल, नायक दिलिप रायमाझी र चर्चित कोरियाग्राफर रेनाशा बान्तवा राईले निर्णायकको भूमिका निभाउँदैछन् ।

आदरणीय दर्शकविन्द, तपाईलाई डान्सिङ विथ दि स्टार्स नेपालमा सहभागी कुन जोडी बेस्ट लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*