प्रविण बेड्वालको नाममा फेक एकाउन्ट बढ्दै

२३ भाद्र २०७७, मंगलवार २१:४१
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, २३ भदौ । कुनै पनि चर्चित सेलिब्रिटीका नाममा फेक एकाउन्ट बनाउनु सामान्य जस्तै भईसकेको छ । हुन त कहिलेकाँही फेक एकाउन्टले चर्चित व्यक्तित्वसँगै फेक एकाउन्ट बनाउनेलाई पनि समस्यामा पार्छ तर मानिसहरुको गलत सोचाई र प्रवृत्तिले गर्दा फेक एकाउन्टहरु बन्ने क्रम रोकिँदैनन् । पछिल्लो समय सर्वाधिक चर्चामा रहेका नेपाल आईडल सिजन ३ का फर्स्ट रनरअप प्रविण बेड्वालको नाममा पनि फेक एकाउन्टहरु बन्ने क्रम बढेको छ । प्रविणको नाममा यसअघि पनि फेक एकाउन्ट बनाएर ठगीको प्रयास भएको घटना पनि सार्वजनिक भइसकेको छ । त्यस समयमा फेक एकाउन्ट बनाउने व्यक्तिले नियतवश नभई भुलवश त्यसो भएको भन्दै क्षमायाचना गरेपछि त्यो घटना सेलाएको थियो । दुबै पक्षबिच समझदारी भएपछि त्यो एकाउन्ट पनि बन्द भईसकेको छ । प्रविणको नाममा भएका यस्तै अन्य फेक एकाउन्टहरुका बारेमा यस भिडियोमा चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो फिचर–

प्रविणको नाममा सबैभन्दा बढी फेक एकाउन्ट बनेको फेसबुक पेजमा हो । अहिले फेसबुकमा सर्च गर्ने हो भने प्रविणको नाम र तस्बिर रहेको फेक फेसबुक पेजहरु धेरै देख्न सकिन्छ । यो सामग्री निर्माणका क्रममा प्रविण बेड्वालका नाममा १३ वटाभन्दा बढी फेसबुक पेजहरु देखिएका छन् । ती मध्ये केही प्रविणको फ्यान पेज पनि रहेका छन् । त्यस्तै प्रविणको फेसबुक प्रोफाईल सर्च गर्दा २ वटा देखिएका छन् । ती मध्ये एउटा चाहिँ प्रविणको अफिसियल प्रोफाईल नै हो भने दोस्रो प्रविणकै हो वा अरुको भन्न सकिने अवस्था छैन ।

त्यस्तै प्रविणको नाममा युट्युबमा धेरै च्यानलहरु खोलिएका छन् । युट्युबमा प्रविणको नाम र फोटो सहितको ११ वटा युट्युब च्यानलहरु छन् । ती मध्ये एउटा भने प्रविणको आफ्नै अफिसियल युट्युब च्यानल नै हो । बाँकी च्यानलहरु भने फेक देखिएका छन् । त्यस्तै ट्विटरमा प्रविणको नाममा ३ वटा प्रोफाईल देखिएका छन् ती मध्ये एउटामा मात्र प्रविणको फोटो राखिएको छ । यी ट्विटर एकाउन्टहरु प्रविणको हो वा होईन भन्ने आधिकारिक जानकारी छैन । त्यस्तै प्रविणको नाममा ईन्स्टाग्राममा पनि ३ वटा एकाउन्टहरु छन् ती मध्ये एउटा भने प्रविणको आधिकारिक एकाउन्ट जस्तो देखिन्छ । अन्यका हकमा भने यसै भन्न सक्ने अवस्था छैन ।

आदरणीय दर्शकविन्द, प्रविण बेड्वालको अफिसियल सोसियल एकाउन्ट मध्ये केहीको लिंक यस भिडियोको डिस्क्रीप्सनमा राखिएको छ । समयसँगै प्रमाणित भएका अन्य अफिसियल एकाउन्टका लिंकहरु पनि थप्दै जानेछौँ । तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*