कमेडी च्याम्पियनको दोस्रो सिजनको अडिसन सुरु, यसरी दिनुहोस् अडिसन

१९ भाद्र २०७७, शुक्रबार १५:००
Featured Video Play Icon

मकवानपुर, १९ भदौ । लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजनको अडिसन सुरु भएको छ । भदौ १५ गते सोमबारदेखि सुरु भएको अडिसनको आधिकारिक घोषणा समेत भइसकेको छ । विश्व महामारीका कारण अडिसनलाई डिजिटल रुपमा दिन सकिने भएको छ । कसरी दिने त अडिसन ? हेर्नुहोस् यो भिडियो–

अडिसनमा सहभागी हुन चाहानेहरुले गुगल प्ले स्टोर वा एप स्टोरमा गएर कमेडी च्याम्पियनको एप डाउनलोड गर्नुपर्छ । त्यसपछि एपमा ४ मिनेट ५९ सेकेन्ड सम्मको भिडियो अपलोड गर्नसकिन्छ । डिजिटल अडिसन असोज १४ गतेसम्म खुला रहने छ । यसरी डिजिटल अडिसनमा सहभागी भएकाहरुमध्येबाट राम्रो मानिएका भिडियोका प्रतियोगीहरुलाई अर्को राउण्डको अडिसनका लागि बोलाईनेछ ।

‘हाँसौं हँसाऔं’ भन्ने नाराका साथ सुरु भएको यस प्रतियोगितामा यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहनेछन् । कार्यक्रमको होस्ट पनि अघिल्लो सिजनकै रीमा विश्वकर्माले गर्नेछिन् । यस सिजनमा उत्कृष्ट १५ जना प्रतिस्पर्धी छानिए पछि भोटिङ राउन्ड सुरु हुनेछ । विजेताले २५ लाख नगद पुरस्कारसहित अन्य पुरस्कारहरु प्राप्त गर्नेछन् । कमेडी च्याम्पियन सिजन १ को विजेता हिमेश पन्त भएका थिए ।

आदरणीय दर्शकविन्द, तपाईलाई कमेडी च्याम्पियन कत्तिको मनपर्छ ? कृपया कमेन्ट गर्नुहोस् । भिडियो मनपरेमा लाईक र शेयर पनि गर्नुहोला । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेनुृहोस्
गायक मिलन लो तामाङ र गायिका अञ्जु थोकरको आवाजमा रहेको तामाङ गीत ‘काभ्रेला तेमाल कोर्बारी’ सार्वजनिक भएको छ । गीतलाई ‘हाम्रो सेलो नेपाल’ को अफिसियल युट्युब च्यानलमा मार्फत सार्वजनिक गरिएको हो ।

प्रशान्त ब्लोन तामाङको शब्द तथा गायक मिलन लो तामाङकै संगीतमा तयार भएको गीतलाई जोगलाल लामाले एरेञ्ज गरेका हुन् । गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको अहिले अडियो भर्सन मात्र सार्वजनिक गरिएको छ । गायक मिलन लो तामाङको यसअघि नै खेलौँकी जुहारी, क्युङ्बा कागती, बिरानो मुलुक सहरमा, काभ्रेला महाभारत कोर्बारी लगायतका दर्जनौ गीतहरु सार्वजनिक भईसकेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*