तेस्रो नेपाल आईडल सज्जाको नाममा फेक एकाउन्ट

१७ भाद्र २०७७, बुधबार २०:५७
Featured Video Play Icon

मकवानपुर, १७ भदौ । आजभोलि सामाजिक सञ्जाल फेसबुक, ट्विटर, ईन्स्टाग्राम लगायत युट्युब जस्ता प्लेटफर्ममा फेक एकाउन्टहरुको बिगबिगी बढेको छ । सामान्य व्यक्तिको व्यक्तिगत सम्मानलाई ठेस पुराउने, चरित्र हरण गर्ने र सामाजिक तथा चर्चित व्यक्तित्वको नाममा फेक एकाउन्ट बनाएर लाभ लिन खोज्नेहरुको बिगबिगीले ईन्टरनेट भरिएको छ ।

यसैको पछिल्लो सिकार नेपाल आईडल सिजन ३ की विजेता सज्जा चौलागाई बनेकी छिन् । सज्जाले नेपाल आईडलमा चर्चा कमाउन सुरु गरेदेखि नै उनको नाममा फेसबुक, ट्विटर, ईन्स्टाग्राम, युट्युब लगायतका प्लेटफर्मममा फेक एकाउन्ट बनाउने र गलत तरिकाले लाभ उठाउन खोज्नेहरुको ठूलो जमात नै देखिएको छ । केही दिनअघि मात्रै सज्जाले आफ्नो नाममा रहेको एउटा फेक फेसबुक एकाउन्टका बारेमा आफ्नो आधारिकारिक फेसबुक एकाउन्टबाट जानकारी दिएकी छिन् । यस भिडियो सामग्रीमा सज्जाको नाममा रहेका फेक एकाउन्ट र उनको आधिकारिक एकाउन्टहरुका बारेमा चर्चा गरिएको छ । हेर्नुहोस् यो भिडियो रिपोर्ट–

सज्जाले २०२० अगस्ट ३१ तारिखमा आफ्नो फेसबुक एकाउन्ट मार्फत फेक एकाउन्टका बारेमा जानकारी दिएकी थिईन् । उनले एक फेसबुक प्रोफाईल शेयर गर्दै त्यो फेसबुक एकाउन्ट आफ्नो नभएको र त्यसबाट साथी बन्ने अनुरोध आएमा एसेप्ट नगर्न र रिपोर्ट गर्न आग्रह गरेकी थिईन् । सज्जाको नाममा फेसबुक प्रोफाईलहरु धेरै छन् । यस सामग्री निर्माणका क्रममा उनको नाम लेखेर सर्च गर्दा ५ वटा उनकै फोटो राखिएका फेसबुक प्रोफाईलहरु भेटिएका छन् । तिनीहरुमध्ये एउटा चाहिँ सज्जाकै आधिकारिक हो र बाँकी मध्ये सज्जाको आधिकारिक फेसबुक प्रोफाईल हो कि होईन भन्नेमा द्विविधा छ । त्यस्तै सज्जाको नाममा एउटा आधिकारिक फेसबुक पेज बाहेक पनि थप २३ वटा फेसबुक पेजहरु पनि देखिएका छन् । ती मध्ये सज्जाको आधारिक फेसबुक पेज छुटाउन गाह्रो छ । किनभने ती पेजहरुमा पनि सज्जाको ओरिजिनल पेजमा पोष्ट गरिएका प्राय पोष्टहरु गरिएका हुन्छन् ।

त्यस्तै सज्जाको नाममा युट्युब च्यानल खोल्नेहरु पनि धेरै देखिएका छन् । यस सामग्री निर्माणका क्रममा सर्च गर्दा युट्युबमा सज्जाको नाममा १७ वटा युट्युब च्यानलहरु बनाइएका छन् । ती मध्ये सज्जाको आधिकारिक युट्यब च्यानल छुटाउन पनि गाह्रो भएको देख्न सकिन्छ । त्यस्तै सज्जाको नाममा ५ वटा ट्विटर एकाउन्टहरु रहेका छन् । ईन्स्टाग्राममा भने सज्जाको एउटा मात्र एकाउन्ट छ । सम्भवत यो ईन्स्टाग्राम एकाउन्ट भने उनको आधिकारिक नै जस्तो देखिएको छ । सज्जाको आधिकारिक फेसबुक प्रोफाईल, फेसबुक पेज, युट्युब च्यानल, ईन्स्टाग्राम र ट्विटर ह्याण्डलमध्ये केहीको लिंक यस भिडियोको डिस्क्रीप्सनमा राखिएको छ । सज्जाको आधिकारिक सोसियल एकाउन्टहरुका बारेमा आधिकारिक जानकारी भएमा कृपया कमेन्ट गर्नुहोस् । यसलाई हामी यस भिडियोको डिस्क्रीप्सनमा थप्नेछौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*