तामाङ गीत ‘काभ्रेला तेमाल कोर्बारी’ सार्वजनिक

१४ भाद्र २०७७, आईतवार २१:४०

मकवानपुर, १४ भदौ । गायक मिलन लो तामाङ र गायिका अञ्जु थोकरको आवाजमा रहेको तामाङ गीत ‘काभ्रेला तेमाल कोर्बारी’ सार्वजनिक भएको छ । गीतलाई ‘हाम्रो सेलो नेपाल’ को अफिसियल युट्युब च्यानलमा मार्फत सार्वजनिक गरिएको हो ।

प्रशान्त ब्लोन तामाङको शब्द तथा गायक मिलन लो तामाङकै संगीतमा तयार भएको गीतलाई जोगलाल लामाले एरेञ्ज गरेका हुन् । गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको अहिले अडियो भर्सन मात्र सार्वजनिक गरिएको छ । गायक मिलन लो तामाङको यसअघि नै खेलौँकी जुहारी, क्युङ्बा कागती, बिरानो मुलुक सहरमा, काभ्रेला महाभारत कोर्बारी लगायतका दर्जनौ गीतहरु सार्वजनिक भईसकेका छन् । हेर्नुहोस् गीतको भिडियो–

यो पनि हेर्नुहोस्–
नेपाल आईडल सिजन १ का विजेता बुद्ध लामा र नेपाल आईडल सिजन ३ का फाईनालिष्ट सज्जा चौलागाईको नयाँ गीत सार्वजनिक भएको छ । बुद्ध र सज्जाको आवाजमा रहेको ‘हुन्न हुन्न हुँदैन हुन्न’ बोलको गीत बुद्धको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । टिका दाहालको संगीत र रमेश दाहालको शब्द समावेश गीतलाई राहुल प्रधानले एरेञ्ज, मिक्स र मास्टरिङ गरेका छन् । स्टुडियो वान काठमाडौँमा रेकर्ड भएको गीतलाई २४ अगष्ट २०२० मा प्रिमियर गरिएको हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

नेपाल आईडल सिजन ३ मा चर्चा कमाउन सफल प्रतियोगी केविन ग्लान तामाङ यस साता नेपाल आईडलबाट बाहिरिएका छन् । उत्कृष्ट ४ सम्म पुगेका केविनले दर्शक श्रोताको मन जित्दै आईडलमा तहल्का मच्चाएका थिए । यसैबिच आईडलमा आफ्नो अन्तिम प्रस्तुति दिँदै गर्दा पनि केविनले तहल्का मच्चाएका छन् भने बाहिरिने बित्तिकै नयाँ गीतको टिजर पनि सार्वजनिक गरेका छन् । उनले आफ्नो अफिसियल गीत ‘किन’ को टिजर सार्वजनिक गर्दै नेपाल आईडलको यात्रा सकिएसँगै संगीतको आफ्नो यात्रा सुरु भएको बताएका छन् । हेर्नुहोस् भिडियो फिचर–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*