फाईनल राउण्डमा प्रविण बेड्वालको तहल्का

१३ भाद्र २०७७, शनिबार १७:१०
Featured Video Play Icon

मकवानपुर, १३ भदौ । नेपाल आईडल सिजन ३ मा ‘उस्ताद प्रविण’ का नामले सर्वाधिक चर्चामा आएका प्रविण बेड्वालले फाईनल राउण्डमा तहल्का मच्चाएका छन् । उनले स्वर सम्राट नारायण गोपालको ‘गल्ती हजार हुन्छन्’ बोलको गीत गाएका थिए । उक्त गीतका प्रत्येक खिट्काहरुमा निर्णायकहरुलाई निशब्द बनाएका प्रविणले तिनै जना निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पाएका थिए । उक्त प्रस्तुतिपछि प्रविणले नेपाल आईडल जिते पनि नजिते केही फरक नपर्ने भन्दै निर्णायकहरुले उनको गायनको खुलेर तारिफ गरेका थिए । नेपाल आईडलका लागि प्रविण गर्व गर्न लायक गायक भएको भन्दै निर्णायकहरुले उनलाई यो पुस्ताका लागि मात्र नभई संगीतका दिग्गजहरुका लागि समेत प्रेरणाको श्रोत भएका बताएका थिए ।

प्रविणले नेपाल आईडल सिजन ३ मा फस्ट रनरअपको उपाधि जितेका छन् । जीतसँगै उनले १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । तर नेपाल आईडल टिम नै आईशोलेशनमा जानुपरेपछि अन्य प्रतियोगीले जस्तै उनले पनि पुरस्कार ग्रहण गर्न पाएनन् । हेर्नुहोस् भिडियो फिचर–

प्रविणले नेपाल आईडलको स्टेजमा १२ वटा अवार्ड जितेका छन् । प्रविणले ८ वटा पर्फोमेन्स अफ द डे’ अवार्ड र ४ वटा रेस्पेक्ट पर्फोमेन्स आफ द विक अवार्ड जितेका छन् । उनले दुई पटक सर्वाधिक भोट पनि प्राप्त गरेका थिए । बर्दियाका प्रविण नेपाल आईडलमा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरु मध्येका एक हुन् । प्रविण नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका थिए । उनी २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै फाईनलको यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् ।

कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्न भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले बुवाको आर्मी बनाउने सपनालाई त्यागेर संगीतमा लागेका थिए । संगीतलाई छनौट गर्दै घर छाडेका प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर अहिले उनको परिवार पनि खुशी छन् । उनका केही गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*