सज्जा चौलागाई बनिन् नेपाल आईडलको तेस्रो विजेता

१३ भाद्र २०७७, शनिबार ०६:५७
Featured Video Play Icon

मकवानपुर, १३ भदौ । नेपाल आईडल सिजन ३ को विजेता सज्जा चौलागाई बनेकी छिन् । उनले निर्णायक र दर्शक भोटका आधारमा टाईटल जितेकी हुन् । फाईनलमा पुगेका प्रविण बेड्वाल फस्ट रनर अप र किरण कुमार भुजेल सेकेण्ड रनर अप भएका छन् । जितसँगै सज्जाले नगद ५० लाख, प्रविणले नगद १० लाख र किरणले नगद ५ लाख जितेका छन् ।उनले आफ्नो अन्तिम प्रस्तुतिमा निर्णायकहरुको मन जितेका थिए । नेपाल आईडलको स्टुडियोबाट भएको फाईनल लाईभलाई एक लाखभन्दा बढी दर्शकले युट्युबमा पनि लाईभ हेरेका थिए । यो नेपाल आईडलको ईतिहासमा नै पहिलो पटक महिला विजेता भएको घटना हो । यसअघि नेपाल आईडलको पहिलो सिजन बुद्ध लामाले र दोस्रो सिजन रवि ओडले जितेका थिए ।

प्रतियोगितामा फाईनालिष्ट सहित स्वस्तिका ढकाल, ममता गुरुङ, मुस्कान रानाभाट, रचना रिमाल, मेघा श्रेष्ठ, नेशन पुन मगर र केविन ग्लान तामाङले प्रस्तुति दिएका थिए । तर यी प्रस्तुतिहरुको छायाँकन पश्चात नेपाल आईडल निर्माण टोलीका एक जनालाई कोरोना लागेपछि शोका प्रतियोगी, निर्णायक र सहभागीहरुसमेत आईशोलेसनमा जानुपरेपछि फाईनल खल्लो हुन पुगेको थियो । तथापी फाईनलको रिजल्ट भने अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षले रिजल्ट घोषणा गरेका थिए । हेर्नुहोस् भिडियो रिपोर्ट–

नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले फाईनलसम्म पुग्दा १६ वटा अवार्ड जितेकी थिईन् । सज्जाले ५ वटा रेक्सपेक्ट पर्फोमेन्स अवार्ड, ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड र ८ वटा पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् ।

नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले केही चर्चित गीतहरु समेत सार्वजनिक गरिसकेकी छिन् ।ईलाई नेपाल आईडलको रिजल्ट कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*