तामाङ घेदुङका कालु घलान आईशोलेसनमा फलफुल बाँड्दै

१२ भाद्र २०७७, शुक्रबार १८:३६

मकवानपुर, १२ भदौ । नेपाल तामाङ घेदुङ मकवानपुरका कार्यवाहक अध्यक्ष एवम् समाजसेबी कालु घलानले हेटौँडास्थित गौरिटारको आइसोलेशन वार्डमा रहेका कोरोना संक्रमितहरुका लागि फलफुल तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।

शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, गौरीटारको आइशोलेशनमा पुगी घेदुङका कार्यवाहक अध्यक्ष घलानले आइसोलेसन वार्डका मेडिकल अधिकृत डाक्टर सन्तोष यादबलाई फलफुल हस्तान्तरण गर्नुभएको हो । आइसोलेशनमा रहेका ८४ जना संक्रमितको लागि २५ किलो स्याउ, १५ दर्जन केरा, ३० प्याकेट पाउरोटी, १० लिटर दूध र स्वास्थ्य सामग्री १०० वटा माक्स प्रदान गरिएको उहाँले बताउनुभयो ।

संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै घलानले आईसोलेशन वार्डमा खटिएका स्वस्थाकर्मीहरुलाई आभार व्यक्त गर्नुभयो । उहाँले आउँदो दिनमा आईशोलेनका लागि कुनै सामग्री आवश्यक परेमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

फलफुल वितरणका क्रममा मेडिकल अधिकृत डाक्टर सन्तोष यादव, घदुङका कार्यवाहक अध्यक्ष कालु घलान, घेदुङका सदस्य एवम् पत्रकार दिलबहादुर लामा, नेपाल राष्ट्रिय भुतपूर्व सैनिक श्रीमती संघ मकवानपुरका डोल्मा स्याङ्बो, हेल्थ असिस्टेन्ट अनिल धामी लगायतको उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुहोस्–
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो ।

चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रममा चर्चित गायक विशाल काल्तान, , जनता टेलिभिजनका पत्रकार दिपेन्द्र दोङ र विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोही लक्मी तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक तथा नायक शम्भु घिसिङको ‘मञ्जुर’ गीति एल्बमको समेत विमोचन गरिनुका साथै चर्चित गायक विशाल काल्तान, जितु लोप्चन तथा आरके योञ्जनले चर्चित गीतहरु क्रमशः ‘तिङ मि ढुकढुक’ र ‘ए बिना ङा’ लाईभ पर्फोमेन्स् दिएका थिए ।
हेर्नुहोस् कार्यक्रमको केही विशेष प्रस्तुतिहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*