बुद्ध लामा र सज्जा चौलागाईको नयाँ गीत भाईरल

१० भाद्र २०७७, बुधबार १४:०९
Featured Video Play Icon

मकवानपुर, १० भदौ । नेपाल आईडल सिजन १ का विजेता बुद्ध लामा र नेपाल आईडल सिजन ३ का फाईनालिष्ट सज्जा चौलागाईको नयाँ गीत सार्वजनिक भएको छ । बुद्ध र सज्जाको आवाजमा रहेको ‘हुन्न हुन्न हुँदैन हुन्न’ बोलको गीत बुद्धको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । टिका दाहालको संगीत र रमेश दाहालको शब्द समावेश गीतलाई राहुल प्रधानले एरेञ्ज, मिक्स र मास्टरिङ गरेका छन् । स्टुडियो वान काठमाडौँमा रेकर्ड भएको गीतलाई २४ अगष्ट २०२० मा प्रिमियर गरिएको हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

गीतको म्यूजिक भिडियोमा बुद्ध लामासँगै मलिका महतले अभिनय गरेकी छिन् । नवराज उप्रेतीको छायाँकनमा तयार भएको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन् । म्यूजिक भिडियोलाई नविन निरौलाले सम्पादन र कलर गरेका छन् । म्यूजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । २४ घण्टा नपुग्दै यो गीतले १ लाख ९ हजारभन्दा बढी भ्यूज पाईसकेको थियो । गीतको भ्यूज निरन्तर बढीरहेको छ । यो सामग्री तयार पार्दाको समयमा यस गीतको म्यूजिक भिडियोलाई १ लाख ९ हजार २ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा १२ हजारभन्दा बढी लाईक र एक हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

पहिलो नेपाल आईडल बुद्ध लामा नेपाल आईडलको यात्राको समयदेखि नै सर्वाधिक चर्चामा छन् भने सज्जा चौलागाईलाई सिजन ३ को उपाधी दाबेदारका रुपमा हेरिएको छ । बुद्ध र सज्जाका यस अघि नै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् । आदरणीय दर्शकविन्द, तपाईलाई बुद्ध लामा र सज्जा चौँलागाईको नयाँ गीतको म्यूजिक भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

को बन्छ नेपाल आईडल ?
चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ फेरि सुरु हुने भएको छ । उत्कृष्ट ४ छनौटका क्रममा विश्वमहामारीका कारण स्थगित भएको शो यही बिहिबारदेखि फेरि प्रसारण हुन थालेको हो । शो पून सुचारु हुनेबारे ट्रेलरसमेत सहभागी भएपछि केही समय सेलाएको नेपाल आईडलको चर्चा फेरि सुरु भएको छ । स्थगित हुनुअघि उत्कृष्ट ४ जना प्रतियोगीहरु छानिसकिएको थियो जसमा सज्जा चौलागाई, प्रविण बेड्वाल, केविन ग्लान तामाङ र नेशन पुन मगर रहेका छन् । त्यस्तै प्रतियोगितामा वाईल्डकार्ड ईन्ट्रीका लागि रचना रिमाल, ममता गुरुङ, मिग्मा लामा, किरण कुमार भुजेल र मेघा श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । उनीहरुको रिजल्ट पनि यही हप्ता हुने आसा गरिएको छ । वाईल्ड कार्डबाट कसले जित्नसक्छ भन्ने विषयमा हामी अर्को भिडियोमा चर्चा गर्नेछौँ । यस भिडियोमा भने हामी उत्कृष्ट ४ भित्र परेका प्रतियोगीहरुमध्ये नेपाल आईडल सिजन ३ को विजेता बन्ने सम्भावना कसको छ भन्ने विषयमा चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*