किरणलाई फेरि अर्को अवार्ड, बन्लान् त आईडल ?

१० भाद्र २०७७, बुधबार १४:०१
Featured Video Play Icon

मकवानपुर, १० भदौ । नेपाल आईडल सिजन ३ का चर्चित प्रतियोगी किरण कुमार भुजेलले यो साता अवार्ड थप गरेका छन् । वाईल्ड कार्ड राउण्डलाई जितेर फाईनलसम्म पुगेका किरणले शुक्रबार ग्लामर मोमेन्ट अफ द डे अवार्ड जितेका हुन् । यो सँगै उनले पाएको अवार्डको संख्या ६ वटा पुगेको छ । किरणले शुक्रबार दुई वटा प्रस्तुति दिएका थिए । उनले पहिलो प्रस्तुतिका रुपमा नेपथ्यको ‘तालको पानी’ बोलको गीत गाएका थिए । उनको रकिङ प्रस्तुतिमा सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए भने उनको गायनको प्रशंसा भएको थियो । त्यसपछि उनले दोस्रो प्रस्तुतिमा उदित नारायण झाको ‘माया नै माया छ’ बोलको गीत गाएका थिए । उनको यो रोमान्टिक प्रस्तुतिमा निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । उनले यी नै प्रस्तुतिहरुबाट ग्लामर मोमेन्ट अफ द डे अवार्ड जितेका हुन् । हेर्नुहोस् भिडियो–

किरणले नेपाल आईडलमा अहिलेसम्म ६ वटा अवार्ड जितेका छन् । उनले ४ वटा पर्फोमेन्स अफ द डे’ अवार्ड, एटा बर्जर ग्लामर मोमेन्ट अफ द डे अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् । कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै गीत गाउन सुरु गरेका किरणले दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका हुन् । किरण वि.सं. २०६५ सालमा एसएलसी सकाएर काठमाडौँ प्रवेश गरेका थिए । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । जे ब्याण्डमा आवद्ध किरणले चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन् ।

आदरणीय दर्शकविन्द, तपाईलाई किरणको प्रस्तुति कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । प्रविधि सम्बन्धी भिडियोहरुका लागि हाम्रो अर्को च्यानल टेक्निकल सहयोगीलाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*