सज्जालाई थप २ वटा अवार्ड, तिन पटक स्टाण्डिङ अवेशन

१० भाद्र २०७७, बुधबार १३:४७
Featured Video Play Icon

मकवानपुर, १० भदौ । नेपाल आईडल सिजन ३ की चर्चित प्रतियोगी सज्जा चौलागाईले यस हप्ता पूनः २ वटा अवार्ड जितेकी छिन् । गत हप्ता पनि उनले २ वटा अवार्ड जित्दै आफुले पाएको अवार्डको संख्या १४ वटा पुराएकी थिईन् । त्यस्तै यस हप्ता पनि उनले बिहीबारको प्रस्तुतिबाट पर्फोमेन्स अफ द डे र शुक्रबारको प्रस्तुतिबाट रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जित्दै आफुले पाएको अवार्डको संख्या १६ वटा पुराएकी छिन् । सज्जा नेपाल आईडलमा यसअघि पनि अवार्ड विजेताको शिर्ष स्थानमा रहेकी थिईन् । सज्जा नै सिजन ३ को सर्वाधिक अवार्ड विजेता हुन् ।

सज्जाले बिहिबारको प्रस्तुतिमा आनी छोईङ डोल्माको आवाजमा रहेको ‘फुलको आँखामा फुलै संसार’ बोलको गीत गाएकी थिईन । उनको प्रस्तुतिमा तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायकहरुले उनको खुलेर प्रशंसा गरेका थिए । निर्णायकहरुलाई भावुक बनाईदिएकी सज्जाले यही प्रस्तुतिबाट पर्फोमेन्स अफ द डे अवार्ड जितेकी थिईन । त्यस्तै शुक्रबार सज्जाले दुई वटा गीतमा प्रस्तुति दिएकी थिईन् । उनले पहिलो पटक आस्था राउतको ‘चौबन्दीमा पटुकी’ बोलको गीत गाएकी थिईन । यो गीतमा मेलोडियस प्रस्तुति दिएकी सज्जालाई निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । हेर्नुहोस् भिडियो–

निर्णायकहरुले यस गीतबाट प्रशंसा बटुलेकी थिईन् । त्यस्तै उनले दोस्रो प्रस्तुतिका रुपमा सविन राईको ‘कोमल त्यो तिम्रो’ बोलको गीत गाएकी थिईन् । यस प्रस्तुतिमा पनि उनले निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पाएकी थिईन् । निर्णायकहरुले प्रशंसा गरेको यो प्रस्तुति निक्कै चर्चामा पनि आएको छ । सज्जाले यो हप्ता तिनै वटा प्रस्तुतिबाट स्टाण्डिङ अवेशन पाएकी थिईनु । यी नै प्रस्तुतिहरुबाट उनले शुक्रबार रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी हुन् ।
नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले यो हप्तासम्म आईपुग्दा १६ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले ५ वटा रेक्सपेक्ट पर्फोमेन्स अवार्ड, ३ वटा ग्लामर मोमेन्ट अवार्ड र ८ वटा पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । आईडल दाबेदारका रुपमा उभिएकी सज्जा चौँलागाई पहिलो महिला नेपाल आईडल बन्नसक्ने सम्भावना देखिएको छ । उनका हालै सार्वजनिक भएका अफिसियल गीतहरु पनि अहिले हिट भएका छन् ।

उनी २२ वर्षकी छिन् । सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*