गायक आशिष अस्लामीको ‘तिम्रो माया’ सार्वजनिक

१० भाद्र २०७७, बुधबार १३:१२

मकवानपुर, १० भदौ । मकवानपुरे गायक आशिष अस्लामी मगरको नयाँ गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोलाई आशिषको आफ्नौ अफिसियल युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो । आशिषकै शब्द, संगीत र आवाजमा तयार भएको गीतलाई सुमन तामाङले एरेञ्ज गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा मकवानपुरे कलाकार भुपेन्द्र राना र रिता केसीले अभिनय गरेका छन् । अजय वाईबाको छायाँकन, निर्देशन र सम्पादनमा म्यूजिक भिडियो बनेको हो । म्युजिक भिडियोको कथा गायक अस्लामीले नै तयार पारेका हुन् । गीतलाई मकवानपुरकै विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ । हेर्नुहोस् म्युजिक भिडियो–

गीतको म्युजिक भिडियोमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ । आशिषका यसअघि नै मिस नगर सानु, क्या राम्री, रुपसिका आँखा लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।
यो पनि हेर्नुहोस्–
नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता मेघा श्रेष्ठको पहिलो गीत सार्वजनिक भएको छ । मेघाको ‘पोल्छ’ बोलको पहिलो गीत सार्वजनिक भएको हो । निर्देशक लोकेश बज्राचार्यको अफिसियल युट्युब च्यानलबाट ११ अगष्ट २०२० मा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।रोहित जोन क्षेत्रीको अडियो प्रोडक्सनमा तयार भएको गीतमा लोकेश बज्राचार्यको शब्द र संगीत रहेको छ । गीतलाई बिजु कर्माचार्यले मिक्सिङ–मास्टरिङ गरेका हुन् । गीतको म्युजिक भिडियोमा मेघा आफैले अभिनय गरेकी छिन् । शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको भिडियोलाई लोकेश बज्राचार्यले नै निर्देशन र सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–

चर्चित गायक सागर आले मगरको ‘सम्झना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सागरकै अफिसियल युट्युब च्यानलबाट सोमबार गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सुरज तामाङको शब्द तथा संगीतमा तयार भएको गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन् । म्यूजिक भिडियोमा सागरसँगै उर्मिला गुरुङले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई अनिल कट्वालले छायाँकन, निर्देशन र सम्पादन गरेका हुन् । भिडियोका क्रियटिभ डाईरेक्टर सागर राना मगर हुन् । कृष्ण लामिछानेले सहायक छायाँकारको भूमिका निर्वाह गरेको म्यूजिक भिडियोमा राजु वाईबाले कलाकारहरुलाई सिँगारेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*