नेपाल स्टारका उत्कृष्ट ४८ प्रतियोगीहरु

७ भाद्र २०७७, आईतवार २०:३४
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ७ भदौ । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को उत्कृष्ट ४८ प्रतियोगीहरु छनौट भएका छन् । शोको दोस्रो राउण्ड षडज् राउण्डमा भिडेका उत्कृष्ट १२० प्रतियोगीहरुमध्ये ४८ जना उत्कृष्ट प्रतियोगीहरु तेस्रो राउण्डका लागि छानिएका हुन् ।

नेपालका सातै प्रदेशहरुबाट छानिएका १२० प्रतियोगीहरुमध्ये ११७ जना प्रतियोगीहरुले षडज राउण्डमा प्रस्तुति दिएका थिए । ती प्रतियोगीहरुमध्ये ६९ जना प्रतियोगीहरु भने शोबाट बाहिरिएका छन् । षडज राउण्डको पहिलो र दोस्रो भागबाट १२–१२ जना, तेस्रो भागबाट १० जना र चौथो भागबाट १४ जना गरी जम्मा ४८ प्रतियोगीहरु तेस्रो राउण्डका लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा यी नै ४८ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो फिचर–

यो पनि हेर्नुहोस्–
कुनै पनि लाईभ भिडियोलाई युट्युबमा लाईभ गर्ने तरिका
यदि तपाईसँग युट्युब च्यानल छ र कुनै कार्यक्रम, ईभेन्ट वा युट्युब वा अन्य साईटबाट लाईभ आईरहेको कार्यक्रम आफ्नो युट्युब च्यानलमा लाईभ गर्न चाहानुहुन्छ भने तपाई के गर्नुहुन्छ ? यस्तो बेला तपाईलाई ओबिएस स्टुडियो सफ्टवयरले मदत गर्छ । कसरी गर्ने त युट्युबमा लाईभ ? आउनुहोस् यो भिडियोबाट सिकौँ–

काकाओ टकको आईडी बनाउने तरिका
काकाओ टक दक्षिण कोरियाको काकाओ कम्पनीद्वारा निर्माण गरिएको चर्चित म्यासेञ्जर एप हो । काकाओ टकलाई छोटकरीमा काटक पनि भन्ने गरिन्छ । सन् २०१० मार्च १८ तारिखमा लञ्च भएको यो एप अहिले संसारका विभिन्न क्षेत्रमा पनि निकै रुचाइएको एप बन्न सफल भएको छ । विभिन्न १५ भाषामा उपलब्ध भएको यो एप सुरक्षित पनि मानिन्छ । आज हामी तपाईलाई काकाओ टकको आईडी बनाउने तरिकाका बारेमा जानकारी दिँदैछौँ । पुरा जानकारीका लागि भिडियोलाई अन्तसम्मै हेरिदिनुहोला । भिडियो मनपरेमा लाईक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*