तहल्का मच्चाउँदै बाहिरिए केविन ग्लान तामाङ, ल्याए नयाँ गीत

५ भाद्र २०७७, शुक्रबार २१:४७
Featured Video Play Icon

मकवानपुर, ५ भदौ । नेपाल आईडल सिजन ३ मा चर्चा कमाउन सफल प्रतियोगी केविन ग्लान तामाङ यस साता नेपाल आईडलबाट बाहिरिएका छन् । उत्कृष्ट ४ सम्म पुगेका केविनले दर्शक श्रोताको मन जित्दै आईडलमा तहल्का मच्चाएका थिए । यसैबिच आईडलमा आफ्नो अन्तिम प्रस्तुति दिँदै गर्दा पनि केविनले तहल्का मच्चाएका छन् भने बाहिरिने बित्तिकै नयाँ गीतको टिजर पनि सार्वजनिक गरेका छन् । उनले आफ्नो अफिसियल गीत ‘किन’ को टिजर सार्वजनिक गर्दै नेपाल आईडलको यात्रा सकिएसँगै संगीतको आफ्नो यात्रा सुरु भएको बताएका छन् । हेर्नुहोस् भिडियो फिचर–

उनको गीतको पुरा टिजर र पुरा गीत तपाईले केविनकै युट्युब च्यानलबाट हेर्नसक्नुहुनेछ । उनको गीतको टिजर र च्यानलको लिंक यस भिडियाको डिस्क्रीप्स्नमा राखिएको छ । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गर्दै यस्तो लेखेका छन्– नेपाल आइडलको तेस्रो सत्रको अन्त्यका साथ, मेरो संगीतको यात्रा जन्मेको छ र फल्दै छ । म अत्यन्तै कृतज्ञ छु, सबैलाई जसले मलाई प्रेम गर्नुभयो, विश्वास गर्नुभयो, भरोसा गर्नुभयो र भोट दिएर मलाई यहाँसम्म आइपुग्न सहयोग गर्नु भयो । मेरो प्रतिभा बढाउनको लागि नेपाल आइडल सीजन भरमा मलाई समर्थन गर्ने सबैजनाप्रति म आभारी छु । मेरो नयाँ गीत ‘किन’ को अफिसियल टिजर सर्बजनिक गरेको छु । यो गीत मलाई माया गर्ने सबै जानालाई समर्पण गर्न चाहन्छु र आगामी दिनहरुमा पनि यस्तै सहयोग र साथ को अपेक्षा रख्दछु । धन्यवाद !

आईडलको अन्तिम प्रस्तुतिमा पनि केविनले निक्कै तहल्का मच्चाएका छन् । आईडलबाट बाहिरिँदै गर्दा उनले फेरि अर्को अवार्ड थप गरेका छन् । उनले अन्तिम प्रस्तुतिका रुपमा योगेश्वर अमात्यको ‘जब सन्ध्या हुन्छ’ बोलको गीत गाएका थिए । माईकल ज्याक्सन गेटअपमा देखिएका केविनले यो गीतलाई यति फरक अन्दाजले गाईदिएकी त्यो प्रस्तुति निक्कै भाईरल भएको छ । उनको प्रस्तुतिमा तिनै जना निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायक कालीप्रसाद बास्कोटाले भिटो प्रयोग गर्दै उनलाई सिधै ग्लामर मोमेन्ट अफ द डे अवार्ड प्रदान गरेका थिए । निर्णायकहरुबाट प्रशंसा पाएका केविन बाहिरिँदै गर्दा निर्णायक र प्रतियोगीहरु विह्वल देखिन्थे । उनलाई भोट नगरेको दर्शकहरुले समेत रिग्रेट फिल गर्ने भन्दै निर्णायक ईन्दिरा जोशीले दुःख व्यक्त गरेकी थिईन् ।

नेपाल आईडलमा केभिनलाई प्रस्तुति र गायनका आधारमा दर्शकहरुले सर्वाधिक रुचाएका थिए । २ पटक सर्वाधिक भोट पाएका केविनले नेपाल आईडल सिजन ३ मा १० वटा अवार्ड जितेका छन् । केबिनले ४ वटा पर्फोमेन्स अफ द डे, ५ वटा ग्लामर मोमेन्ट अवार्ड र एउटा रेक्सपेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । केविन चितवनको पर्सा निवासी हुन् । उनी २१ वर्षका छन् । सानैमा आफ्ना दाजुहरुले गीतार बजाएको देखेर केविन संगीतमा आकर्षित भएका हुन् । पढाई र सँगीतलाई सँगै अगाडि बढाएका केबिनलाई १४ वर्षको उमेरमा बुवाले उपहार दिनुभएको गीतारले संगीत क्षेत्रमा थप प्रगति गर्न हौस्यायो । गायक स्वप्निल शर्मालाई आईडल मान्ने केबिन स्याडोज ब्याण्डको ठूलो फ्यान हुन् । सुरुमा गीत गाउन लजाउने केविन गितार भने निकै राम्रो बजाउने गर्थे । उनले सँगीतको यात्राकै क्रममा ‘शास्त्र’ नामक ब्याण्ड जोईन गरे । त्यस ब्याण्डमा केही वर्ष बिताएका केबिन र उनको टिमले पछि अक्टेब ब्याण्ड स्थापना गर्यो । उनी गत ५ वर्षदेखि सोही ब्याण्डमा आवद्ध छन् । उनले सन् २०१७ तिर एउटा गीत समेत सार्वजनिक गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*