तामाङ सेलो गीत ‘हेलम्बु’ सार्वजनिक

४ भाद्र २०७७, बिहीबार १७:०७

मकवानपुर, ४ भदौ । चर्चित गायक ओम तामाङ वाईबाको नयाँ तामाङ सेलो गीत ‘हेलम्बु’ सार्वजनिक भएको छ । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलबाट आज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा गायक वाईबाकै शब्द र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित मोडल पूर्णिमा लामा थोकर र गायक वाईबाले नै अभिनय गरेका छन् ।

दिप स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दिपेश प्रधानले एरेञ्ज र मिक्स गरेका हुन् । चर्चित सिनेम्याटोग्राफर सूर्य लामाको छायाँकन, सम्पादन र कलरिङ रहेको म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन जिग्मे मिडिया प्रोडक्सनले गरेको हो । पूर्णिमा र ओमलाई दिया रिजालले सिंगारेकी छिन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्
तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो ।

चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रममा चर्चित गायक विशाल काल्तान, , जनता टेलिभिजनका पत्रकार दिपेन्द्र दोङ र विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोही लक्मी तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक तथा नायक शम्भु घिसिङको ‘मञ्जुर’ गीति एल्बमको समेत विमोचन गरिनुका साथै चर्चित गायक विशाल काल्तान, जितु लोप्चन तथा आरके योञ्जनले चर्चित गीतहरु क्रमशः ‘तिङ मि ढुकढुक’ र ‘ए बिना ङा’ लाईभ पर्फोमेन्स् दिएका थिए ।
हेर्नुहोस् कार्यक्रमको केही विशेष प्रस्तुतिहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*