षडज राउण्डको चौथो भागबाट छानिएका उत्कृष्ट १४ प्रतियोगीहरु

३ भाद्र २०७७, बुधबार २०:४७
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३ भदौ । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को षडज् राउण्डको चौथो भागबाट थप १४ जना प्रतियोगीहरु तेस्रो राउण्डका लागि छानिएका छन् । षडज् राउण्डको चौथो भागमा प्रस्तुति दिएकामध्ये १४ जना तेस्रो राउण्डका लागि छानिएका हुन्, बाँकी प्रतियोगी भने बाहिरिएका छन् । चौथो भागबाट तेस्रो राउण्डका लागि छानिएका प्रतियोगीहरुमा बबी सुनार, अर्जुन पुन मगर, सन्देश बम्जन लामा, सुनिल विश्वकर्मा, मदन मगर, सञ्जय राना मगर, शिवम भण्डारी, सची खनाल, लक्ष्मण लिम्बु, सरला बिसी, तिर्थ श्रेष्ठ, प्रकाश आले मगर, रुपेश भण्डारी र कुरबान अलि रहेका छन् । यस भिडियो सामग्रीमा यी नै उत्कृष्ट १४ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । यसअघि नै हामीले तेस्रो राउण्डका लाागि छानिएका ३४ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिसकेका छौँ । ती प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका अघिल्लो भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो फिचर–

३५) बबी सुनार– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी पैँतिसौ प्रतियोगी हुन् बबी सुनार । पोखरा अडिसनबाट छानिएकी बबीले षडज राउण्डमा रिमा गुरुङ होडाको आवाजमा रहेको ‘नशामा’ बोलको गीत गाएकी थिईन् । उनको बोल्ड आवाज र अदाहरु निक्कै राम्रो भएको निर्णायकहरुले बताए । उनको गायनलाई निर्णायकहरुले प्रशंसा गरेका छन् । यसअघि विभिन्न गायन रियालिटी शोमा पनि सहभागी भएकी बबी पोखरामा बस्छिन् ।

३६) अर्जुन पुन मगर– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका छत्तिसौँ प्रतियोगी हुन् अर्जुन पुन मगर । सुर्खेत अडिसनबाट छाएिका अर्जुनले षडज राउण्डमा गोपाल योञ्जनको ‘देशले रगत मागे’ बोलको गीत गाएका थिए । सुमधुर आवाजमा गीत गाएका उनका लो पार्टहरु र केही टेक्निकहरुको निर्णायकहरुले प्रशंसा गरेका थिए । उनी क्षमतावान भएको र केही मेहनत गर्न जरुरी रहेको निर्णायकहरुले बताए । नेपालगञ्ज बाँकेका अर्जुनले यस अघि पनि नेपाल आईडल सिजन २ मा पनि सहभागिता जनाएका थिए । आईडलमा पनि तहल्का मच्चाएका अर्जुनका केही गीतको अडियो भर्सन पनि सार्वजनिक भईसकेको छ ।

३७) सन्देश लामा– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका सैँतिसौँ प्रतियोगी हुन् सन्देश लामा । उनले षडज राउण्डमा कृष्मा अबिगेलको ‘मेरी आमा’ बोलको गीत गाएका थिए । भावमा डुबेर गाएका सन्देशको आवाजको निर्णायकहरले प्रशंसा गरेका छन् । संगीत क्षेत्रमा सक्रिय सन्देश यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए ।

३८) सुनिल विश्वकर्मा– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका अड्तिसौँ प्रतियोगी हुन् सुनिल विश्वकर्मा । पोखरा अडिसनबाट छानिएका सुनिलले षडज राउण्डमा नारायण गोपालको आवाजामा रहेको ‘तिमीलाई म के भनुँ बोलको गीत गाएका थिए । पहिलो राउण्डमा पनि निर्णायकहरुको प्रशंसा पाएका उनलाई निर्णायकहरुले पून प्रशंसा गरेका छन् । उनले सानै उमेरमा पनि राम्रो प्रस्तुति दिएका कारण निर्णायकहरु थप प्रसन्न देखिन्थे । उनको प्रस्तुतिमा निर्णायकहरले ताली बजाएका थिए ।

३९) मदन मगर– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका उनान्चालिसौँ प्रतियोगी हुन् मदन मगर । काठमाडौँ अडिसनबाट छानिएका मदनले षडज राउण्डमा फत्तेमान राजभण्डारीको ‘यस्तो पनि हुँदो रहेछ’ बोलको गीत गाएका थिए । उनको आवाज र गीतमा डुबेर गाउने शैली निक्कै राम्रो भएको निर्णायकहरुले प्रशंसा गरेका थिए । उदयपुर गाईघाट निवासी मदनले यसअघि नेपाल आईडलमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

४०) सञ्जय राना मगर– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका चालिसौँ प्रतियोगी हुन् सञ्जय राना मगर । काठमाडौँ अडिसनबाट छानिएका सञ्जले षडज राउण्डमा झलकमान गन्धर्वको ‘तिमै नै माया’ बोलको गीत गाएका थिए । झलकमान गन्धर्वको यो गीत अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा सञ्जयले गाएको निर्णायकहरुले बताएका छन् । धादिङमा जन्मिएका सञ्जय अहिले बाफलमा बस्छन् । उनी विभिन्न सांगितिक प्रस्तुतिहरुमा पनि व्यस्त छन् ।

४१) शिवम भण्डारी– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका एकचालिसौँ प्रतियोगी हुन् शिवम भण्डारी । काठमाडौँ अडिसनबाट छानिएका शिवमले षडज राउण्डमा माणिक रत्नको आवाजमा रहेको ‘नआऊ जुन कोठामा’ बोलको गीत गाएका थिए । उनको गीत सुनेर हृदयमा आनन्द महशुस भएको भन्दै निर्णायकहरुले उनको खुलेर प्रशंसा गरेका छन् । डडेल्धुराका शिवम सानैदेखि बुवा र दिदीको संरक्षणमा हुर्किएका हुन् । सानैमा आमा गुमाएका शिवमलाई संगीत क्षेत्रमा लाग्न उनका दिदी र भिनाजुले निकै सहयोग गरेको उनी बताउँछन् ।

४२) सची खनाल– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी बैयालिसौँ प्रतियोगी हुन् सची खनाल । काठमाडौँ अडिसनबाट छानिएकी सचीले षडज राउण्डमा अरुणा लामाको ‘चौतारीमा बसेर’ बोलको गीत गाएकी थिईन् । नुवाकोट निवासी सची १७ वर्षकी छिन् । बिगत ४ वर्षदेखि संगीत सिक्दै गरेकी सची आर्टमा पनि रुचि राख्छिन् । करिब ७ महिना आर्ट पनि सिकेकी उनी सानैदेखि आफुलाई संगीतमा रुचि भएको बताउँछिन् । सानैदेखि गीत गाउन रुचि भएता पनि बिचमा संगीत क्षेत्रबाट केही टाढा बसेकी सचीलाई दिदीले फेसबुकमा पोष्ट गरिदिनुभएको उनको भिडियोले फेरि संगीत क्षेत्रमा लाग्ने ईच्छा जगायो । उक्त भिडियोमा सबैको राम्रो कमेन्टहरु आएपछि उनी संगीतमा फेरि सक्रिय हुन थालिन् ।

४३) लक्ष्मण लिम्बु– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका तिरचालिसौँ प्रतियोगी हुन् लक्ष्मण लिम्बु । काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणले षडज राउण्डमा सिवा लामिछानेको ‘चाहे माया गर’ बोलको गीत गाएका थिए । लक्ष्मणको सुरुवात नै राम्रो भएको भन्दै निर्णायकहरुले उनको सुर र टेक्निकहरुलाई प्रशंसा गरेका थिए । उनको प्रशंसा गर्दै निर्णायकहरुले ताली बजाएका थिए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही केही गीतहरु चर्चित बनेका छन् ।

४४) सरला बिसी– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी चौवालिसौँ प्रतियोगी हुन् सरला बिसी । काठमाडौँ अडिसनबाट छानिएकी सरलाले षडज राउण्डमा मनिला सोताङको ‘कहाँ कहाँ दुख्छ’ बोलको गीत गाएकी थिईन् । नेपाली सांगितिक क्षेत्रमा सक्रियताका साथ लागिरहेकी सरलाका केही ओरिजिनल गीतहरु समेत सार्वजनिक भईसकेको छ । सानैदेखि संगीतमा रुचि राख्ने गरेकी सरलाले विभिन्न संघर्ष गर्दै संगीत क्षेत्रमा पहिचान बनाउँदै छिन् । संगीतमा स्नातक गरेकी सरला गजल गायिकाका रुपमा पनि कार्यरत छिन् ।

४५) तिर्थ श्रेष्ठ– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी पैँतालिसौँ प्रतियोगी हुन् तिर्थ श्रेष्ठ । बर्दिवास अडिसनबाट छानिएकी तिर्थले षडज राउण्डमा माला सिन्हाको आवाजमा रहेको ‘कुनै दिन पहाडमा’ बोलको गीत गाएकी थिईन् । अडिसन राउण्डमा सर्वाधिक चर्चा पाएकी तिर्थले यो गीतमा केही सुझावहरु समेत पाएकी थिईन् । सर्लाहीको लालबन्दी निवासी तिर्थ श्रेष्ठले नेपाल स्टारलाई आफ्नो जिवनको ठूलो लक्ष्य भएको बताएकी छिन् । उनले यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएकी थिईन् ।

४६) प्रकाश आले मगर– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका छैयालिसौँ प्रतियोगी हुन् प्रकाश आले मगर । बर्दिबासबाट छानिएका प्रकाशले षडज राउण्डमा ‘तिमी जुन रहरले’ बोलको गीत गाएका थिए । उनले गाह्रो गीतलाई पनि सजिलोसँग गाएकोमा निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । आमाबुवाले सञ्चालन गर्नुभएको होटलमा सहयोग गर्दै आएका प्रकाश स्थानीय विद्यालयमा विगत एकवर्षदेखि संगीत विषय शिक्षकका रुपमा पनि कार्यरत छन् । उनले यस अघि नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए ।

४७) रुपेश भण्डारी– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका सर्चालिसौँ प्रतियोगी हुन् रुपेश भण्डारी । पोखरा अडिसनबाट छानिएका रुपेशले षडज राउण्डमा नारायण गोपालको ‘श्रद्धाको फुल’ बोलको गीत गाएका थिए । लेकसाईड जरेबरमा बसोबास गर्ने रुपेश जन्मैदेखि दृष्टिविहिन हुन् । साथीहरुले स्वर राम्रो छ भनेर हौसला दिएपछि उनी संगीतमा अगाडि बढेका हुन् । त्रीवेणी संगितालयमा संगीत सिक्दै गरेका रुपेशले प्ले ब्याक सिंगर बन्ने लक्ष्य राखेका छन् ।

४८) कुरबान अलि– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका अर्चालिसौँ प्रतियोगी हुन् कुरबान अलि । पोखरा अडिसनबाट छानिएका कुरबानले षडज राउण्डमा ‘जाउँ माया’ बोलको गीत गाएका थिए । स्याङ्जाका कुरबान पोखरा बजारमा बस्छन् । उनी बिगत १० वर्षदेखि आफु संगीतको क्षेत्रमा सक्रिय रहेको बताउँछन् । गायन क्षेत्रमा लाग्न परिवारबाट पूर्ण समर्थन पाएका कुरबानले विद्यालय जीवनदेखि नै गाउन थालेका हुन् । साथीहरु र शिक्षकहरुले आफुलाई संगीत क्षेत्रमा लाग्न प्रेरणा दिने गरेको उनी बताउँछन् । म्युजिक कम्पोज र गीतकार रुपमा समेत अघि बढेका उनले रोमियो नामक चलचित्रमा गीत समेत गाएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*