विकाश लिम्बुको ‘पहिलो नजर’ सार्वजनिक

१ भाद्र २०७७, सोमबार १८:५४

मकवानपुर, १ भदौ । द भ्वाईस अफ नेपालको सिजन २ बाट सर्वाधिक चर्चामा आउन सफल गायक विकाश लिम्बुको ‘पहिलो नजर’ बोलको गीत सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियो विकाशकै अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको हो ।

रोमान्टिक प्रेमको अभाश दिलाउने यो गीतलाई ध्रुव केसीले लेखेका हुन् । गीतलाई सुरज तामाङले संगीत भरेका छन् । देवेश राईको साउण्ड डिजाईनमा तयार भएको गीतलाई देवेशले नै मिक्सिङ र मास्टरिङ गरेका छन् । गीतलाई ‘आफ्नै स्टुडियो’ काठमाडौँमा रेकर्ड गरिएको हो ।

गीतको शब्द जत्ति सुन्दर छ त्यति नै यस गीतको म्यूजिक भिडियो पनि सुन्दर बनाइएको छ । स्कूले विद्यार्थीको रोमान्टि प्रेम सम्बन्धलाई देखाइएको यस म्यूजिक भिडियोमा विकाश आफैले अभिनग गरेका छन् । म्यूजिक भिडियोमा उनको जोडी बनेर वृक्षा लिम्बुले अभिनय गरेकी छिन् । गायनमा अब्बल रहेका विकाश अभिनयमा पनि अब्बल देखिएका छन् । वृक्षाले पनि आफ्नो अभिनयको जादु छरेकी छिन् ।

म्यूजिक भिडियोका प्रोडक्सन कन्ट्रोलर सुरेन्द्र लिम्बु हुन् । झापाको अर्जुनधारा १ सिस्नेमा छायाँकन गरिएको म्यूजिक भिडियोलाई सुरज तामाङले नै निर्देशन गरेका छन् । भिडियोको छायाँकन, ग्राफिक्स तथा सम्पादन योगेश दाहालले गरेका छन् । विकाश र वृक्षालाई रोहित लामगडेले सिंगारेका छन् । म्युजिक भिडियोको पोष्ट प्रोडक्सन किलाईट मोसन पिक्चर्सले गरेको हो । हेर्नुहोस् म्यूजिक भिडियो–

साँगितिक परिवारमा जन्मिएका विकासले सानैदेखि गीत गाउन थालेका हुन् । केही वर्षदेखि काठमाडौँमा संघर्ष गरिरहेका विकासले संघर्षकै बिच गजल साँझमा गजल समेत गाएका छन् । उनले कोच दिपको टिममा रहेर भ्वाईस अफ नेपालमा सर्वाधिक चर्चा पाएका थिए ।

यो पनि हेर्नुहोस्–
रेडियोलाई फेसबुकमा लाईभ गर्ने तरिका
तपाई रेडियोमा कार्यक्रम चलाउनुहुन्छ र त्यसलाई अडियो वा भिडियोका रुपमा फेसबुकमार्फत लाईभ प्रसारण गर्न चाहानुहुन्छ भने ओबिएस स्टुडियो सफ्टवयर निकै सजिलो छ । तपाईलाई यसको सेटिङ गर्न समस्या छ र लाईभ कसरी गर्ने भनेर सोचिरहनु भएको छ भने यो भिडियो सुरुदेखि अन्तसम्मै हेर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*