तपाईको अनलाईन, डोमेन वा वेबसाईट कसको नाममा दर्ता छ ? यसरी चेक गर्नुहोस्

३२ श्रावण २०७७, आईतवार २१:५७
Featured Video Play Icon

मकवानपुर, ३२ साउन । हामी विभिन्न उदेश्यले अनलाईन तथा वेबसाईटहरु संचालन गर्छौँ । कतिपय साथीहरुले न्यूज पोर्टलका रुपमा पनि डोमेन दर्ता गर्नुभएको हुन्छ । तर हामीमध्ये धेरैसँग पेपाल तथा अन्तराष्ट्रिय स्तरमा तिर्न मिल्ने डलर रहेको वालेट वा भिसा कार्ड हुँदैन । जसका कारण हामीले त्यस्ता डोमेनहरु वेबसाईट बनाउने डेभलपरहरुसँगै नै किन्नुपर्ने हुन्छ । तर कहिलेकाँही कतिपय डेभलपरहरुले सजिलोको लागि आफ्नै कम्पनीको नाम तथा ठेगाना राखेर डोमेन दर्ता गर्ने गर्छन् ।

यसरी दर्ता गरिएको वेबसाईटमा हामी संचालकहरुको जानकारी नहुने हुँदा प्रेस काउन्सिल तथा सूचना विभागमा दर्ता गर्ने क्रममा हामीलाई धेरै समस्या हुन्छ । किनभने त्यसरी दर्ता गर्न ‘हु ईज हु’ जानकारी मागिन्छ जसमा हाम्रो डोमेनमा हाम्रै नाम हुनु जरुरी छ । त्यसैले तपाईको वेबसाईटको डोमेन तपाईको नाममा छ कि छैन भनेर चेक गर्न यो भिडियो हेर्नुहोस् । यो भिडियो हेरेर तपाई आफैले त्यो जानकारी हेर्नसक्नुहुन्छ । यदि जानकारीमा तपाईको नाम र ठेगानहरु छैन भने कृपया तपाईको वेबसाईट डेभलपरलाई तपाईको नाममा दर्ता गरिदिन आग्रह गर्नुहोस् । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्–
अब जिमेलबाटै जुममा जस्तै यसरी मिटिङ गरौँ
विश्व नै समस्यामा परेको बेलामा अनलाईन भिडियो मिटिङ तथा अनलाईन कक्षा संचालनका लागि जुम लगायतका एपह? निकै प्रभावकारी सावित भएका छन् । अब भने ईन्टरनेट दुनियाँको सफल कम्पनी गुगलले पनि जुमको जस्तै सुविधा प्रयोग कर्ताह?लाई उपलब्ध गराएको छ । गुगल मिट नामक एपबाट गुगलले यस्तो सेवा सु? गरेको हो जसमा तपाईले तपाईको जिमेल आईडी प्रयोग गरेर बढीमा १०० जनासँग एकैपटक भिडियो कल गरी मिटिङ तथा अध्ययनह? गर्न सक्नुहुन्छ । तपाईले यसको फ्रि भर्सनमै यो सुविधा पाउनसक्नुहुनेछ । हुन त गुगलले धेरै वर्ष पहिलेदेखि नै गुगल ह्याङ आउट्स मार्फत यस्तै सेवा दिएको थियो तर यसका सिमाह? तोकिएका थिए । अब भने यसले यसको दायरा बढाएको छ । कसरी गर्ने त गुगल मिट एपको प्रयोग ? यस भिडियो सामग्रीमा तपाईलाई गुगल मिट एप ईन्स्टल गर्न, मिटिङ जोईन गर्न र मिटिङ सञ्चालन गर्न वा कक्षा संचालन गर्न आवश्यक सबै जानकारीह? दिँदैछु । साथै केही सेटिङह?का बारेमा पनि बताउनेछु । कृपया भिडियो अन्तिमसम्मै हेर्नुहोला । यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । आउनुहोस् यो एपमा मिटिङ गर्ने तरिकाबारे जानकारी लिउँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*