नेपाल स्टारमा षडज् राउण्डको तेस्रो भागबाट छानिएका उत्कृष्ट १० प्रतियोगीहरु

३२ श्रावण २०७७, आईतवार २१:४१
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३२ साउन । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ को षडज् राउण्डको तेस्रो भागबाट थप १० जना प्रतियोगीहरु तेस्रो राउण्डका लागि छानिएका छन् । षडज् राउण्डको तेस्रो भागमा प्रस्तुति दिएकामध्ये १० जना तेस्रो राउण्डका लागि छानिएका हुन्, बाँकी प्रतियोगी भने बाहिरिएका छन् । तेस्रो भागबाट तेस्रो राउण्डका लागि छानिएका प्रतियोगीहरुमा सुरेश लामा, भुपेन्द्र थापा मगर, सोनाम राई, भुषण खतिवडा, किरण गुरुङ, रोश्नी गुरुङ, अनिल बिक, लक्ष्मण महतो, बिना सेञ्चुरी र शोभा तामाङ रहेका छन् ।

यस भिडियो सामग्रीमा हामी षडज् राउण्डको तेस्रो भागबाट तेस्रो राउण्डका लागि छानिएका यी नै उत्कृष्ट १० जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । यसअघि नै हामीले तेस्रो राउण्डका लाागि छानिएका २४ जना प्रतियोगीहरुका बारेमा चर्चा गरिसकेका छौँ । ती प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका अघिल्लो भिडियोहरु हेर्नुहोस् ।

२५) सुरेश लामा– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका पच्चिसौँ प्रतियोगी हुन् सुरेश लामा । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले षडज राउण्डमा नारायण गोपालको ‘तिम्रो जस्तो मुटु’ बोलको गीत गाएका थिए । सुरेशको गीत सुनेर निर्णायकहरुले ताली बजाएका थिए । उनको प्रस्तुतिलाई एपिसोडकै सबैभन्दा बेस्ट प्रस्तुति भएको निर्णायकहरुले बताएका थिए । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । अहिलेसम्म संगीत नसिकेता पनि संगीत क्षेत्रमै नै लाग्ने उनी बताउँछन् । उनी पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए ।

२६) भुपेन्द्र थापा मगर– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका छब्बिसौँ प्रतियोगी हुन् भुपेन्द्र थापा मगर । बुटवल अडिसनबाट छानिएका भुपेन्द्रले षडज राउण्डमा ‘चाहान्छु तिमीलाई’ बोलको गीत गाएका थिए । दमदार प्रस्तुति दिएका भुपेन्द्रले निर्णायकहरुको मन जितेका छन् । यसअघि पनि नेपाल आईडल लगायतका विभिन्न गायन प्रतियोगिताहरुमा राम्रो प्रस्तुति दिईसकेका भुपेन्द्रका केही कभर गीतहरु पनि बजारमा आएका छन् । उनी भैरहवाका हुन् ।

२७) सोनाम राई– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका सत्ताईसौँ प्रतियोगी हुन् सोनाम राई । काठमाडौँ अडिसनबाट छानिएका सोनामले षडज राउण्डमा रामकृष्ण ढकालको ‘माया गर्नेको’ बोलको गीत गाएका थिए । उनले सिम्प्ली गाएको र राम्रो गाएको भन्दै निर्णायकहरुले प्रशंसा गरेका थिए । सोनामका विभिन्न कभर गीतहरु पनि सार्वजनिक भईसकेको छ ।

२८) भुषण खतिवडा– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका अठ्ठाईसाँै प्रतियोगी हुन् भुषण खतिवडा । ईटहरी अडिसनबाट छानिएका भुषणले षडज राउण्डमा शिव परियारको आवाजमा रहेको ‘आँशुको अर्थ’ बोलको गीत गाएका थिए । उनको गायनको क्वालिटीलाई निर्णायकहरुले मनपराएका छन् । साथै केही सुधार गर्नुपर्ने कुराहरुलाई पनि निर्णायकहरुले अवगत गराएका छन् । नेपाल आईडलको मञ्चमा पनि चर्चा कमाएका भुषणले नेपाल स्टारमा पनि दमदार प्रस्तुति दिएका छन् । झापा निवासी भुषण विभिन्न सांगितिक कार्यक्रममा पनि व्यस्त भईरहेका छन् । भुषणका केही अफिसियल गीतहरु पनि सार्वजनिक भईसकेका छन् । उनका सार्वजनिक गीतहरु पनि चर्चामा छन् ।

२९) किरण गुरुङ– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका उनान्तिसौँ प्रतियोगी हुन् किरण गुरुङ । पोखरा अडिसनबाट छानिएका किरणले षडज राउण्डमा सानो संसार चलचित्रको ‘सायद मायामा फसेँकि म’ बोलको गीत गाएका थिए । सुमधुर गीत गाएका किरणले निर्णायकहरुबाट निकै प्रशंसा बटुलेका छन् । उनको बेस भ्वाईसको प्रशंसा गर्दै निर्णायकहरुले उनलाई केही सुझावहरु पनि दिएका छन् ।

३०) रोशनी गुरुङ– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी तिसौँ प्रतियोगी हुन् रोशनी गुरुङ । पोखरा अडिसनबाट छानिएकी उनले षडज राउण्डमा ममता दिपबिमको आवाजमा रहेको ‘तिम्रै यादमा कल्पी कल्पी’ बोलको गीत गाएकी थिईन् । सुमधुर आवाजमा गीत गाएकी रोशनीको फिल र गायन सबै मनपरेको निर्णायकहरुले कमेन्ट गरेका थिए । उनको भ्वाईसको टेक्सर प्रभावशाली भएको पनि निर्णायकहरले प्रतिक्रिया दिएका थिए ।

३१) अनिल बिक– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका एकतिसौँ प्रतियोगी हुन् अनिल बिक । बर्दिबास अडिसनबाट छानिएका अनिलले षडज राउण्डमा ‘चाहान्छु तिमीलाई’ बोलको गीत गाएका थिए । सानदार प्रस्तुति दिएका अनिललाई निर्णायकहरुले मन पराएका छन् । पोखरा निवासी अनिल संगीत सिक्दै र सिकाउँदै पनि छन् । उनका केही कभर गीतहरु पनि सार्वजनिक भएका छन् ।

३२) लक्ष्मण महतो– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएका बत्तिसौँ प्रतियोगी हुन् लक्ष्मण महतो । चितवन अडिसनबाट छानिएका लक्ष्मणले षडज राउण्डमा निशान भट्टराईको ‘लाहुर जाने रेल’ बोलको गीत गाएका थिए । उनको गायन र प्रस्तुतिलाई निर्णायकहरुले मन पराएका छन् । सर्लाही निवासी लक्ष्मण अहिले नवलपरासीको दलदलेमा कार्यरत छन् । संगीतमा निकै रुचि राख्ने लक्ष्मणले आफ्नो गुरुबाट सांगितिक क्षेत्रमा लाग्न निकै साथ पाएका छन् । करिब डेढ वर्ष गुरुसँगै संगीत सिकेका लक्ष्मणले विभिन्न रियालिटी शोहरुमा सहभागिता जनाईसकेका छन् । धेरै ठाउँमा असफलता पाएता पनि एक न एकदिन सफल हुन्छु भन्ने सोचका साथ अगाडि बढेका लक्ष्मणले यसअघि भ्वाईस अफ नेपाल सिजन २ र नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । सानैदेखि नाच्न गाउन रुचि राख्ने गरेका लक्ष्मण आँखा अस्पतालमा सहायकको रुपमा काम गर्छन् । उनले कक्षा ९ मा पढ्दा नै गायक बन्ने लक्ष्य राखेका थिए ।

३३) बिना सेञ्चुरी– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी तेत्तिसौँ प्रतियोगी हुन् बिना सेञ्चुरी । चितवन अडिसनबाट छानिएकी बिनाले षडज राउण्डमा साधना सरगमको आवाजमा रहेको ‘सपना भई आँखामा’ बोलको गीत गाएकी थिईन् । उनको मिठासपूर्ण आवाजले निक्कै मन खुशी भएको निर्णायकहरुले बताएका थिए । विभिन्न कार्यक्रमहरुमा सहभागी भईरहने बिनाले यसअघि नेपाल आईडलमा पनि सहभागिता जनाएकी थिईन् ।
३४) शोभा तामाङ– नेपाल स्टारमा षडज् राउण्डबाट तेस्रो राउण्डका लागि छानिएकी चौँतिसौँ प्रतियोगी हुन् शोभा तामाङ । ईटहरी अडिसनबाट छानिएकी शोभाले षडज राउण्डमा सिने गुरुङको ‘यो मन’ बोलको गीत गाएकी थिईन् । उनको प्रस्तुतिलाई निर्णायकहरुले सुन्दर प्रस्तुति भनेका थिए । उनको आवाजमा पञ्च, प्रस्तुतिकरण पनि राम्रो भएको प्रतिकृयाहरुले निर्णायकहरुले दिएका थिए । शोभाले यसअघि स्टेट १ सिंगिङ आईडलबाट पनि िचर्चा कमाएकी थिईन् । उनी उदयपुर निवासी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*