केविन ग्लान तामाङलाई एकै हप्तामा २ वडा अवार्ड

३२ श्रावण २०७७, आईतवार २१:१५
Featured Video Play Icon

मकवानपुर, ३२ साउन । नेपाल आईडल सिजन ३ का चर्चित प्रतियोगी केविन ग्लान तामाङले एकै हप्तामा २ वटा अवार्ड प्राप्त गरेका छन् । गत बिहीबार र शुक्रबार भएको उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा केभिनले २ वटा ग्लामर मोमेन्ट अफ द डे अवार्ड प्राप्त गरेका हुन् ।

बिहीबारको प्रस्तुतिमा अरुण थापाको ‘जति माया लाएपनि’ बोलको गीत गाएका केविनले निर्णायकहरुको प्रशंसा पाएका थिए । प्रशंसासँगै ग्लामर मामेन्ट अफ द डे अवार्ड प्राप्त गर्दै केविनले आफुले पाएको अवार्डको संख्या ८ वटा पुराएका थिए । शुक्रबारको प्रस्तुतिमा ‘नेपथ्य’ को ‘यो जिन्दगानी’ बोलको गीत गाएका केविनले पून ग्लामर मोमेन्ट अफ द डे अवार्ड जित्दै आफुले पाएको अवार्डको संख्या ९ वटा पुराएका छन् । शुक्रबारको प्रस्तुतिमा उनले सबै निर्णायकहरुलाई स्टाण्डिङ अवेशन दिन उत्प्रेरित गरेका थिए । नेपथ्यको यो गीतलाई उनले नयाँ उचाई दिएका थिए । उनको प्रस्तुतिमा निर्णायकहरुले खुलेर प्रशंसा गरेका थिए । निर्णायकहरुले केविनको यो भर्सनलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट भर्सन समेत भनेका थिए । हेर्नुहोस् भिडियो–

केविनले नेपाल आईडल सिजन ३ मा अहिलेसम्म ९ वटा अवार्ड जितेका छन् । नेपाल आईडलमा रकिङ प्रस्तुति दिँदै चर्चामा आएका केबिनले ४ वटा पर्फोमेन्स अफ द डे, ४ वटा ग्लामर मोमेन्ट अवार्ड र एउटा रेक्सपेक्ट पर्फोमेन्स अवार्ड जितेका छन् । उनले २ पटक सर्वाधिक भोट पनि प्राप्त गरिसकेका छन् । नेपाल आईडल सिजन ३ मा दमदार प्रस्तुकितका कारण चर्चामा रहेका केविन चितवनको पर्सा निवासी हुन् । उनी २१ वर्षका छन् । सानैमा आफ्ना दाजुहरुले गीतार बजाएको देखेर केविन संगीतमा आकर्षित भएका हुन् । पढाई र सँगीतलाई सँगै अगाडि बढाएका केबिनलाई १४ वर्षको उमेरमा बुवाले उपहार दिनुभएको गीतारले संगीत क्षेत्रमा थप प्रगति गर्न हौस्यायो । गायक स्वप्निल शर्मालाई आईडल मान्ने केबिन स्याडोज ब्याण्डको ठूलो फ्यान हुन् ।

सुरुमा गीत गाउन लजाउने केविन गितार भने निकै राम्रो बजाउने गर्थे । उनले सँगीतको यात्राकै क्रममा ‘शास्त्र’ नामक ब्याण्ड जोईन गरे । त्यस ब्याण्डमा केही वर्ष बिताएका केबिन र उनको टिमले पछि अक्टेब ब्याण्ड स्थापना गर्यो । उनी गत ५ वर्षदेखि सोही ब्याण्डमा आवद्ध छन् । म्युजिकलाई आफ्नो प्यासन बताउने उनी सोही प्यासनलाई करियरका रुपमा अगाडि बढाउन चाहान्छन् । एक महिना मात्र औपचारिक संगीत सिकेका केविन संगीतलाई मानिसको मनसम्म जोडिएको भावना व्यक्त गर्ने माध्यमको रुपमा परिभाषित गर्छन् । उनले सन् २०१७ तिर एउटा गीत समेत सार्वजनिक गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*