हेटौँडा–१२ मा २ जनालाई कोरोना, निषेधाज्ञा भदौ ९ गतेसम्म निरन्तरता दिन सिफारिस

३२ श्रावण २०७७, आईतवार ११:१५

मकवापनुर, ३२ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा २ जनामा कोरोना पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानका अनुसार हेटौँडा १२ सिक्रेनीका १ जना र भिमफेदी घर भई हेटौँडा १२ मिलन चोकमा बस्ने १ जना गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौँडा १२ का हात्तिगौँडा, भोर्ले, रमन्टार लगायतका ठाउँमा कोरोना संक्रमित भएका व्यक्तिहरु भएको भन्दै भ्रम फैलिन थालेपछि वडाअध्यक्ष घलान आफैले सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टि भएकाहरु २ जनामात्रै भएको जानकारी समेत गराउनुभएको छ । विदेशमा कार्यरत एक नेपालीले हेटौँडा १२ मा कोरोना भएको बारेमा भ्रमपूर्ण स्टाटस राखेपछि वडाअध्यक्ष घलानलाई त्यसबारेमा फोन गरेर सोध्नेहरु बढेका छन् । तर वास्तविक रुपमा अहिलेसम्म वडा भित्रकै स्थायीबासी १ जना र वडामा बसोबास गर्ने १ जना सहित २ जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । वडा अध्यक्ष घलानले सबै वडावासीलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

१२ नम्बर वडासँगै जोडिएको वडा नम्बर १३ मा पनि केही कोराना संक्रमितहरु भेटिएपछि अहिले हेटौँडा १३ पदमपोखरी र हेटौँडा १२ हात्तिगौँडा लगायतका क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । यसैबिच जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले आज रातिसम्म भएको निषेधाज्ञालाई भदौ ९ गते राति १२ बजेसम्म निरन्तरता दिन जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यो पनि हेर्नुहोस्–
अब जिमेलबाटै जुममा जस्तै यसरी मिटिङ गरौँ
विश्व नै समस्यामा परेको बेलामा अनलाईन भिडियो मिटिङ तथा अनलाईन कक्षा संचालनका लागि जुम लगायतका एपह? निकै प्रभावकारी सावित भएका छन् । अब भने ईन्टरनेट दुनियाँको सफल कम्पनी गुगलले पनि जुमको जस्तै सुविधा प्रयोग कर्ताह?लाई उपलब्ध गराएको छ । गुगल मिट नामक एपबाट गुगलले यस्तो सेवा सु? गरेको हो जसमा तपाईले तपाईको जिमेल आईडी प्रयोग गरेर बढीमा १०० जनासँग एकैपटक भिडियो कल गरी मिटिङ तथा अध्ययनह? गर्न सक्नुहुन्छ । तपाईले यसको फ्रि भर्सनमै यो सुविधा पाउनसक्नुहुनेछ । हुन त गुगलले धेरै वर्ष पहिलेदेखि नै गुगल ह्याङ आउट्स मार्फत यस्तै सेवा दिएको थियो तर यसका सिमाह? तोकिएका थिए । अब भने यसले यसको दायरा बढाएको छ । कसरी गर्ने त गुगल मिट एपको प्रयोग ? यस भिडियो सामग्रीमा तपाईलाई गुगल मिट एप ईन्स्टल गर्न, मिटिङ जोईन गर्न र मिटिङ सञ्चालन गर्न वा कक्षा संचालन गर्न आवश्यक सबै जानकारीह? दिँदैछु । साथै केही सेटिङह?का बारेमा पनि बताउनेछु । कृपया भिडियो अन्तिमसम्मै हेर्नुहोला । यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । आउनुहोस् यो एपमा मिटिङ गर्ने तरिकाबारे जानकारी लिउँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*