प्रविण बेड्वाललाई ११ वटा अवार्ड

३१ श्रावण २०७७, शनिबार २०:५२
Featured Video Play Icon

मकवानपुर, ३१ साउन । नेपाल आईडल सिजन ३ का सर्वाधिक चर्चित प्रतियोगी प्रविण बेड्वालले ११ वटा अवार्ड प्राप्त गरेका छन् । प्रविणले यस हप्ता थप एउटा अवार्ड जित्दै आफुले पाएको अवार्डको संख्या ११ वटा पुराएका हुन् । नेपाल आईडलमा सज्जा चौलागाईपछि उनी दोस्रो सर्वाधिक अवार्ड बिजेता हुन् । यस हप्ता उनले रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनले शुक्रबार नारायण गोपालको आवाजमा रहेको ‘आजभोलि’ बोलको गीत गाएका थिए । सुमधुर आवाजमा दमदार प्रस्तुति दिएका प्रविणको यो प्रस्तुतिमा निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए ।

उनको प्रस्तुतिपछि आफुहरु स्पिचलेस भएको निर्णायकहरुले बताएका थिए । उनको प्रस्तुति बेस्ट भएको भन्दै निर्णायकहरुले उनलाई ह्याट्स अफ गरेका थिए । उनी कलाकार मात्र नभई गज्जबको कलाकार भएको निर्णायकहरुले बताए । उनले बिहीबार र शुक्रबारको यही प्रस्तुतिबाट रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका हुन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

प्रविणले नेपाल आईडलको स्टेजमा अहिलेसम्म ११ वटा अवार्ड जितेका छन् । उनले ७ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड र ४ वटा रेस्पेक्ट पर्फोमेन्स आफ द विक अवार्ड जितेका छन् । उनले एकपटक सर्वाधिक भोट पनि प्राप्त गरेका छन् । बर्दिया निवासी प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरुमध्येका एक हुन् । प्रविण नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका छन् । उनी २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै उत्कृष्ट ४ को यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । सुरुसुरुमा आफु गायन क्षेत्रमा लाग्दा परिवारको त्यति साथ नपाएता पनि संगीतमा उनको रुचि झनझन बढ्दै गयो । अरुले त्यति साथ नदिएपनि उनलाई उनको हजुरआमाले हौसला दिएको उनी सम्झन्छन् । नेपाल आईडलको स्टेजमा संगीतका उस्ताद भनेर चिनिएका प्रविणको हालै बजारमा आएका उनका गीतहरुले पनि निक्कै चर्चा पाउन सफल भएको छ ।

कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्नका लागि भन्दै भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले संगीतको शिखरमा थप प्रगति गर्न थाले । सुरुमा रिझाउन नसकिएको परिवारले पनि अहिले उनलाई साथ दिन थालेका छन् । वास्तवमा प्रविणका बुवा आर्मीमा थिए । आफ्नो छोरालाई पनि आर्मी बनाउने सपना देखेका बुवाको ईच्छाविपरित प्रविणले संगीतको बाटो समातेका थिए । संगीतलाई छनौट गर्दै घर छाडेका प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर अहिले उनका बुवा पनि खुशी छन् । प्रविणले संगीत क्षेत्रमै लागिरहने अठोट गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*