सज्जालाई एकै हप्ता २ वटा अवार्ड, अवार्डको संख्या १४ पुग्यो

३१ श्रावण २०७७, शनिबार २०:४६
Featured Video Play Icon

मकवानपुर, ३१ साउन । नेपाल आईडल सिजन ३ की चर्चित प्रतियोगी सज्जा चौलागाईले यस हप्ता २ वटा अवार्ड जितेकी छिन् । उनले बिहीबार र शुक्रबारको प्रस्तुतिबाट १–१ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जित्दै आफुले पाएको अवार्डको संख्या १४ वटा पुराएकी छिन् । सज्जा नेपाल आईडलमा यसअघि पनि अवार्ड विजेताको शिर्ष स्थानमा रहेकी थिईन् । सज्जा नै सिजन ३ को सर्वाधिक अवार्ड विजेता हुन् ।

सज्जाले बिहिबारको प्रस्तुतिमा राजु लामाको ‘हल्ला चलेछ’ बोलको गीत गाएकी थिईन् । सज्जाले यो प्रस्तुतिबाट निर्णायकहरुको प्रशंसा पाएकी थिईन् । यही प्रस्तुतिबाट नै सज्जाले अपलिफ्टिङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी हुन् । त्यस्तै शुक्रबार सज्जाले सविन राईको ‘म संसार जित्ने आँट’ बोलको गीत गाएकी थिईन् । यस गीतमा दमदार प्रस्तुति दिएकी सज्जाको चौतर्फि प्रशंसा भएको थियो । उक्त प्रस्तुतिमा उनले रेस्पेक्ट पनि पाएकी थिईन् । गायनका क्रममा निर्णायकहरुलाई रुवाईदिएकी सज्जालाई निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायकहरुले स्पिचलेस हुँदै उनको प्रशंसा गरेका थिए । उनले स्टेजमा चमत्कार गरेको भन्दै निर्णायकहरुले उनको खुलेर तारिफ गरेका थिए । उनले यही प्रस्तुतिबाट थप अपलिफ्टिङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी हुन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले यो हप्तासम्म आईपुग्दा १४ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले ४ वटा रेक्सपेक्ट पर्फोमेन्स अवार्ड, ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड र ७ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । आईडल दाबेदारका रुपमा उभिएकी सज्जा चौँलागाई पहिलो महिला नेपाल आईडल बन्नसक्ने सम्भावना देखिएको छ । उनका हालै सार्वजनिक भएका अफिसियल गीतहरु पनि अहिले हिट भएका छन् ।

उनी २२ वर्षकी छिन् । सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*