किरण कुमार भुजेललाई सर्वाधिक भोट

३१ श्रावण २०७७, शनिबार २०:३६
Featured Video Play Icon

मकवानपुर, ३१ साउन । नेपाल आईडल सिजन ३ का चर्चित प्रतियोगी किरण कुमार भुजेलले यो साता सर्वाधिक भोट प्राप्त गरेका छन् । वाईल्ड कार्ड राउण्ड जितेर उत्कृष्ट ५ मा पुगेका किरणले बिहीबार शोमा सर्वाधिक भोट प्राप्त गरेका हुन् । यसअघि वाईल्ड कार्ड राउण्डमा पनि सर्वाधिक भोट प्राप्त गरेका किरणले दोस्रो पटक सर्वाधिक भोट प्राप्त गरेका हुन् । किरणले बिहीबार मिङ्मा शेर्पाको आँशु झार्दिन म बोलको गीत गाएका थिए । प्रस्तुतिबाट प्रशंसा बटुलेका किरणले लगातार तहल्का मच्चाईरहेका छन् । हेर्नुहोस् यो भिडियो रिपोर्ट–

किरणले नेपाल आईडलमा अहिलेसम्म ५ वटा अवार्ड जितेका छन् । उनले ४ वटा अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् । कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै गीत गाउन सुरु गरेका किरणले दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका हुन् । किरण एसएलसी सकाएपछि वि.सं. २०६५ सालमा काठमाडौँ प्रवेश गरेका थिए । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । जे ब्याण्डमा आवद्ध किरणले चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन् ।

यो पनि हेर्नुहोस्–
यति सस्तो अफर
नेपाल टेलिकमले विभिन्न आकर्षक योजनाहरु बेला–बेलामा सार्वजनिक गर्ने गरेको छ । यदि तपाई पनि एनटिसी अर्थात नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ भने ती अफरहरुको प्रयोग आफुलाई अनुकुल पर्छ भने प्रयोग गर्न सक्नुहुन्छ । यस भिडियोमा हामी तपाईलाई एनटिसीको ‘स्प्रीङ अफर’ का बारेमा जानकारी दिँदैछौँ । यस अफर अन्तर्गत कस्ता डाटा र भ्वाईस प्याकेजका अफरहरु छन् ? ती अफरहरुको प्रयोग गर्न कति पैसा लाग्छ ? ती मध्ये कुन अफर प्रभावकारी छ र त्यो अफरलाई कसरी मोबाईलमा सुचारु गर्ने भनेर यो भिडियोमा जानकारी दिइएको छ । पुरा जानकारीका लागि भिडियोलाई अन्तिमसम्मै हेरिदिनुहोला ।

पिडिएफ फाईल बनाउने सबैभन्दा सजिलो तरिका
आदरणीय दर्शकविन्द, तपाईहरुले पिडिएफ फाईलका बारेमा त सुन्नुभएको नै छ । हामी हाम्रो अफिस तथा व्यक्तिगत प्रयोजनका लागि पिडिएफ फाईलको प्रयोग गरिरहेका हुन्छौँ । पिडिएफको पुरा रुप पोर्टेबल डकुमेन्ट फम्र्याट हो । यो प्रिण्टेड भर्सनलाई ईलेक्ट्रोनिक भर्सनमा पढ्न मिल्ने सजिलो तरिकाका रुपमा पनि लिने गरिन्छ । अनि यसलाई ईमेजका रुपमा कन्भर्ट गर्न पनि सजिलो हुन्छ । पिडिएफ फाईललाई तपाई मोबाईलमा पनि खोल्न सक्नुहुन्छ । आजको यस भिडियोमा तपाईलाई वल्र्ड फाईललाई पिडिएफ बनाउने सबैभन्दा सजिलो तरिका बताउँदैछु । यो पिडिएफ फाईल बनाउन तपाईलाई कुनै पनि थप सफ्टवयरको आवश्यकता पर्दैन । तपाई केबल एक दुई क्लिकमै पिडिएफ फाईल बनाउन सक्नुहुन्छ । यो तरिकाबाट तपाई वर्ल्ड फाईल मात्र नभई फोटो, पावरप्वाईन्ट, एक्सेल, पेजमेकर फाईल लगायतका सबै फाईललाई पिडिएफमा कन्भर्ट गर्नसक्नुहुन्छ । आउनुहोस् यो तरिका सिकौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*