भाबुक हुँदै बाहिरिए नेशन पुन मगर

३१ श्रावण २०७७, शनिबार २०:२६
Featured Video Play Icon

मकवानपुर, ३१ साउन । नेपाल आईडल सिजन ३ को उत्कृष्ट ५ सम्म पुगेका चर्चित प्रतियोगी नेशन पुन मगर नेपाल आईडलबाट बाहिरिएका छन् । यसअघि उत्कृष्ट ४ सम्म पुगिसकेको भएता पनि वाईल्ड कार्ड ईन्ट्रीसँगै उनको यात्रालाई उत्कृष्ट ५ सम्म मात्र तोकिएको छ । बिहिबार दर्शक भोट र निर्णायकको मतको आधारमा उनी बाहिरिएका हुन् । नेपाल आईडलको स्टेजबाट बाहिरिँदै गर्दा नेशन निक्कै भाबुक भएका थिए ।

सिजन ३ मा सर्वाधिक चर्चित प्रस्तुतिहरु दिएका नेशनको माईक ड्रप गर्ने युनिक स्टाईलले पनि निक्कै चर्चा पाएको थियो । स्टेजमा अन्तिम पटक बोल्दै नेशनले सबै निर्णायक र दर्शकहरुलाई धन्यवाद दिए । आफुले सिजन ३ को यो राउण्डसम्म आईपुग्छु भनेर सपनामा पनि नसोचे बताउँदै उनले आफुले पाएका खुशीहरुमा दर्शकहरुलाई आभार प्रदान गरे । आफ्नो आमाबुवाले सानैहुँदा देखि आफुलाई सपोर्ट गरेको भन्दै उनले बुवाआमा, बहिनी र साथीहरुलाई धन्यवाद दिए । बोल्दै गर्दा उनले भने–‘मैले आफुले भन्दा पनि बढी यीनीहरुले नै मलाई मिस गर्छन् होला ।’ यति बोल्दै गर्दा उनी निकै भाबुक भए ।कोरोनाका कारण कोही साथीहरुसँग नजिक भएर दुःख तथा सुख साटासाट गर्न नपाएता पनि नेशनले सबैलाई धन्यवाद दिँदै बिदा भएका छन् । हेरौँ भिडियो रिपोर्ट–

उनले शोबाट बाहिरिएसँगै सामाजिक सञ्जालमा पनि सबैलाई धन्यवाद दिएका छन् । उनले अंग्रेजीमा लेखेको कुरालाई यहाँ भावानुवाद गरिएको छ–‘म आजको भोटको लागि मेरो भाग्यलाई दोष दिने छैन, बरु मैले यसलाई सांगितिक क्षेत्रमा स्वतन्त्र रुपमा लाग्ने मौकाका रुपमा लिएको छु, मलाई माया र साथ दिईरहनुहोला । तपाई सबैलाई प्रेम र सम्मान छ, साथै नेपाल आईडलका सिजन ३ का उत्कृष्ट ४ प्रतियोगीहरुलाई बधाई छ । तपाईहरु सबै यसको योग्य हुनुहुन्छ । मलाई आशा छ सबैको जित हुनेछ ।’

नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारका रुपमा हेरिएका नेशन म्याग्दीका हुन् । उनी अहिले पोखरामा बसोबास गर्छन् । उनले नेपाल आईडलको तेस्रो सिजनमा ७ वटा अवार्ड जितेर बाहिरिउका छन् । उनले २ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड, ४ वटा अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । उनले दुई पटक सर्वाधिक भोट प्राप्त गरेका थिए । २० वर्षीय नेशन सामाजिक कार्यमा पनि सक्रिय छन् । सानोमा फुटबलमा रुचि भएता पनि उनका बुवाले उनलाई फुटबलको सट्टा गितार किनिदिए अनि दाईले गितार सिकाईदिएका थिए । त्यसपछि नै उनी संगीतको यात्रामा सरिक भएका हुन् । औपचारिक रुपमा संगित नसिकेतापनि उनले अनलाईनबाट संगीत बारे धेरै कुराहरु सिकेका छन् । विभिन्न कभर गीत समेत गाएका नेशनले अहिलेसम्म आफ्नै गीतभने सार्वजनिक गरेका छैनन् । उनी पोखराको ‘एमपी’ ब्याण्डमा आवद्ध छन् । उनले यसअघि नेपाल आईडलको दोस्रो सिजनमा समेत सहभागिता जनाएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*