हेटौँडामा आज ४ जनामा कोरोना पुष्टि

३० श्रावण २०७७, शुक्रबार १७:३५

मकवानपुर, ३० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा आज ४ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित कोरोना प्रयोगशलामा गरिएको टेष्टको विवरण अनुसार आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।

उहाँका अनुसार आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ को एक २८ वर्षीय पुरुष र ३१ वर्षीया एक महिला गरी २ जना, वडा नम्बर ६ को ४९ वर्षीय एक जना महिला र वडा नम्बर १० का ३२ वर्षीया १ महिला गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि हेर्नुहोस्–
नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता मेघा श्रेष्ठको पहिलो गीत सार्वजनिक भएको छ । मेघाको ‘पोल्छ’ बोलको पहिलो गीत सार्वजनिक भएको हो । निर्देशक लोकेश बज्राचार्यको अफिसियल युट्युब च्यानलबाट ११ अगष्ट २०२० मा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।रोहित जोन क्षेत्रीको अडियो प्रोडक्सनमा तयार भएको गीतमा लोकेश बज्राचार्यको शब्द र संगीत रहेको छ । गीतलाई बिजु कर्माचार्यले मिक्सिङ–मास्टरिङ गरेका हुन् । गीतको म्युजिक भिडियोमा मेघा आफैले अभिनय गरेकी छिन् । शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको भिडियोलाई लोकेश बज्राचार्यले नै निर्देशन र सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–

चर्चित गायक सागर आले मगरको ‘सम्झना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सागरकै अफिसियल युट्युब च्यानलबाट सोमबार गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सुरज तामाङको शब्द तथा संगीतमा तयार भएको गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन् । म्यूजिक भिडियोमा सागरसँगै उर्मिला गुरुङले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई अनिल कट्वालले छायाँकन, निर्देशन र सम्पादन गरेका हुन् । भिडियोका क्रियटिभ डाईरेक्टर सागर राना मगर हुन् । कृष्ण लामिछानेले सहायक छायाँकारको भूमिका निर्वाह गरेको म्यूजिक भिडियोमा राजु वाईबाले कलाकारहरुलाई सिँगारेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*