को पुग्छ फाईनलमा ?

२९ श्रावण २०७७, बिहीबार ०८:४८
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, २९ साउन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन फाईनलको नजिक छ । यसअघिका उत्कृष्ट ४ अनि वाईल्ड कार्ड राउण्डबाट पून एकजना गरी उत्कृष्ट ५ छनौट भईसकेको अवस्था छ । सम्भवत यो हप्ता नेपाल आईडल सिजन ३ को उत्कृष्ट फाईनालिष्टहरु छानिने सम्भावना छ । प्रतियोगिताका उत्कृष्ट ५ प्रतियोगीहरुमा सज्जा चौलागाई, प्रविण बेड्वाल, केविन ग्लान तामाङ, नेशन पुन मगर र किरणकुमार भुजेल रहेका छन् । उनीहरुमध्ये सज्जा र किरण बाहेक अरुले सर्वाधिक भोट प्राप्त गरिसकेका छन् । यस भिडियो सामग्रीमा हामी यी ५ प्रतियोगीहरुले अहिलेसम्म पाएका सफलताहरु र उनीहरुमध्ये को फाईनलमा पुग्नसक्छन् भन्ने विषयमा चर्चा गर्दैछौँ । तपाईको विचारमा यी ५ प्रतियोगीहरुमध्ये को फाईनलमा पुग्छ होला ? कृपया गेस गरेर कमेन्टमा लेख्न नभुल्नुहोला ।

नेपाल आईडल सिजन ३ को फाईनलमा पुग्नुपर्ने एक प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले यो सामग्री तयार पार्दाको समयसम्म १२ वटा अवार्ड जितिसकेकी छिन् । यसअघि पनि अवार्ड विजेताको शिर्ष स्थानमा रहेकी सज्जाले शुक्रबार ग्लामर मोमेन्ट अफ द विक अवार्ड जित्दै अवार्डको संख्या १२ वटा पुराएकी हुन् । उनी पहिलो महिला नेपाल आईडल बन्नसक्ने अवस्था भएको दर्शकहरु बताउँछन् । उनका हालै सार्वजनिक भएका अफिसियल गीतहरु पनि अहिले चर्चामा छन् ।

सज्जाले ४ वटा रेक्सपेक्ट पर्फोमेन्स अफ द विक अवार्ड, ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड र ५ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जाले अहिलेसम्म सर्वाधिक भोट भने पाएकी छैनन् । तसर्थ उनको फाईनल यात्रा कस्तो हुनेछ त्यो भने दर्शक र निर्णायकहरुको हातमा छ ।

नेपाल आईडल सिजन ३ को फाईनल दाबेदार अर्का प्रतियोगी हुन् प्रविण बेड्वाल । प्रविणले नेपाल आईडलको स्टेजमा अहिलेसम्म १० वटा अवार्ड जितेका छन् । यसअघि ८ वटा अवार्ड जितेका प्रविणले यसै हप्तामात्र २ वटा अवार्ड जित्दै अवार्डको संख्या १० वटा पुराएका हुन् । प्रविणले ७ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड र ३ वटा रेस्पेक्ट पर्फोमेन्स आफ द विक अवार्ड जितेका छन् । उनले एकपटक सर्वाधिक भोट पनि प्राप्त गरेका छन् । नेपाल आईडलको स्टेजमा संगीतका उस्ताद भनेर चिनिएका प्रविणको हालै बजारमा आएका गीतहरुले पनि निक्कै चर्चा पाउन सफल भएको छ । संगीत विषयमै स्नातक गरेका कारण उनी थप चर्चामा पनि छन् । हेर्नुहोस् भिडियो फिचर–

फाईनलमा पुग्नसक्ने दाबेदारका रुपमा हेरिएका अर्का प्रतियोगी हुन् केविन ग्लान तामाङ । केविनले नेपाल आईडल सिजन ३ मा अहिलेसम्म ७ वटा अवार्ड जितेका छन् । नेपाल आईडलमा रकिङ प्रस्तुति दिँदै चर्चामा आएका केबिनले ४ वटा अपलिफ्टिङ पर्फोमेन्स अफ द डे अवार्ड, २ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड र एउटा रेक्सपेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । उनले २ पटक सर्वाधिक भोट पनि प्राप्त गरिसकेका छन् । त्यसैले उनलाई दर्शकको भोट प्राप्त हुने जस्तो देखिन्छ । तर वास्तविकता के होला त्यो भने केही दिन पर्खनैपर्ने हुन्छ ।

नेपाल आईडल सिजन ३ को फाईनलमा पुग्ने दाबेदारमध्येका अर्का प्रतियोगी हुन् नेशन पुन मगर । म्याग्दीका नेशनले नेपाल आईडलको तेस्रो सिजनमा अहिलेसम्म ७ वटा अवार्ड जितेका छन् । उनले २ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड, ४ वटा अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । उनले पनि दुई पटक सर्वाधिक भोट प्राप्त गरेका छन् ।

नेपाल आईडल सिजन ३ को फाईनलमा पुगने अर्का दाबेदार प्रतियोगी हुन् किरण कुमार भुजेल । वाईल्ड कार्ड राउण्ड जितेर उत्कृष्ट ५ मा पुगेर किरणले तहल्का मच्चाउन सुरु गरेका छन् । उनको प्रस्तुतिले शुक्रबार अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड समेत जित्न सफल भएको छ । किरणले नेपाल आईडलमा अहिलेसम्म ५ वटा अवार्ड जितेका छन् । उनले ४ वटा अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । वाईल्ड कार्डबाट थप खारिएर आएका कारण किरणले फाईनल दौड दौडनसक्ने धेरैले अन्दाज गरेका छन् । उनले पनि संगीत विषयमै स्नातक गरेका छन् ।उनका हालसालै आएका केही गीतहरुले युट्युब ट्रेण्डिङमा समेत कब्जा जमाउन सफल भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*