बागमती गाउँपालिकाको लिलावनमा महिलाको शव फेला

२७ श्रावण २०७७, मंगलवार २०:१६

मकवानपुर, २७ साउन । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ लिलावनस्थित बागमती नदि किनामार महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ८ बजेको समयमा बागमती नदि किनारमा पानीमा पछाडिको भाग डुबेको अवस्थामा महिलाको शव फेला परेको हो ।

बेवारिसे महिलाको शव हेर्दा अन्दाजी ३०–३५ वर्षको रहेको प्रहरीले जनाएको छ । महिलाको शवको विषयमा खबर आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले मुचुल्का उठाएर शवलाई हेटौँडा अस्पतालमा रहेको शव गृहमा राखेको छ । मृतक महिलाको शव हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शवको सनाखत नभएपछि प्रहरीले शवको हुलिया सार्वजनिक गर्दै पहिचान गर्न सक्नेले १०० नम्बर तथा नजिकको प्रहरी कार्यालयमा वा जिल्ला प्रहरी कार्यालयको मोबाईल नम्बर ९८५५०९०१५० मा फोन गरेर प्रहरी तथा आफन्तलाई सहयोग गरिदिन अनुरोध गरेको छ । फेला परेको शवको अनुहार चेप्टो, गहुँगोरो वर्ण, मंगोलियन जस्तो देखिने र उचाई अन्दाजी ५ फिट ४ ईन्चको रहेको बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*