गोल्डेन माईक विजेता मेघा श्रेष्ठको पहिलो गीत ‘पोल्छ’ सार्वजनिक

२७ श्रावण २०७७, मंगलवार ११:४४

मकवानपुर, २७ साउन । नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता मेघा श्रेष्ठको पहिलो गीत सार्वजनिक भएको छ । मेघाको ‘पोल्छ’ बोलको पहिलो गीत सार्वजनिक भएको हो । निर्देशक लोकेश बज्राचार्यको अफिसियल युट्युब च्यानलबाट ११ अगष्ट २०२० मा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

रोहित जोन क्षेत्रीको अडियो प्रोडक्सनमा तयार भएको गीतमा लोकेश बज्राचार्यको शब्द र संगीत रहेको छ । गीतलाई बिजु कर्माचार्यले मिक्सिङ–मास्टरिङ गरेका हुन् । गीतको म्युजिक भिडियोमा मेघा आफैले अभिनय गरेकी छिन् । शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको भिडियोलाई लोकेश बज्राचार्यले नै निर्देशन र सम्पादन गरेका हुन् । हेर्नुहोस् म्यूजिक भिडियो–

नेपाल आईडलको उपाधी दाबेदारका रुपमा हेरिएकी मेघा उत्कृष्ट ५ सम्म पुगेकी थिईन् । मेघाले गोल्डेन माईकसँगै ७ वटा अवार्ड जितेकी थिईन् । उनले ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड, ३ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेकी थिईन । मेघा श्रेष्ठ नेपाल आईडल सिजन ३ को एकमात्र गोल्डेन माईक विजेता हुन् । २४ वर्षीया मेघा काठमाडौँ बसुन्धारामा बस्छिन् । मेघा कक्षा ८ मा अध्ययन गर्दाको समयदेखि नै सँगीत क्षेत्रमा सक्रिय थिईन् ।

विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार समेत जितेकी मेघाले १५ वर्षको उमेरमा भ्वाईस अफ टिनमा समेत सहभागिता जनाएकी थिईन् । संगीतलाई आफ्नो जीवनको अभिन्न अंग भन्न रुचाउने मेघाले ‘उमन ईन कन्सर्ट’ नामक प्रतियोगितमाा ट्यालेन्ट हन्टको उपाधी जितेकी थिईन् । उक्त शोकी आयोजक गायिका अभाया सुब्बाले नै उनलाई गायन कलामा अब्बल हुने तरिकाहरु सिकाएको मेघा बताउँछिन् । मेघाले औपचारिक रुपमा संगीत भने सिकेकी छैनन् ।उनी आफ्नी आमालाई जीवनको पिल्लरको रुपमा परिभाषित गर्छिन् । संगीत यात्रामा आफन्तको पनि साथ पाएकी मेघाको हजुरबुवा विभिन्न बाजाहरु बजाउन सिपालु छन् । उनका आमा र बुवा पनि गीतसँगीतमा रुचि राख्छन् । मेघालाई उनकी आमाले नै नेपाल आईडलमा भाग लिन प्रेरणा दिएकी हुन् । फुडमाण्डुमा कार्यरत मेघाले औपचारिक अध्ययन समेत पुरा गरिसकेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*