यी हुन् नेपाल आईडलका उत्कृष्ट ५ नयाँ प्रतियोगीहरु

२७ श्रावण २०७७, मंगलवार ११:१४
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, २७ साउन । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ मा पून उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका छन् । बिहीबार वाईल्ड कार्ड राउण्डबाट किरणकुमार भुजेल विजेता भएपछि पून उत्कृष्ट ५ प्रतियोगीहरु छनौट भएकी हुन् । प्रतियोगिताका उत्कृष्ट ५ प्रतियोगीहरुमा सज्जा चौलागाई, प्रविण बेड्वाल, केविन ग्लान तामाङ, नेशन पुन मगर र किरणकुमार भुजेल रहेका छन् । यस भिडियो सामग्रीमा यी नै ५ प्रतियोगीहरुको बारेमा छोटो जानकारी र उनीहरुले पाएका अवार्डहरुका बारेमा चर्चा गरिएको छ ।

१) सज्जा चौलागाइ– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येकी एक प्रतियोगी हुन् सज्जा चौलागाई । नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले यो सामग्री तयार पार्दाको समयसम्म १२ वटा अवार्ड जितिसकेकी छिन् । यसअघि पनि अवार्ड विजेताको शिर्ष स्थानमा रहेकी सज्जाले शुक्रबार ग्लामर मोमेन्ट अफ द विक अवार्ड जित्दै अवार्डको संख्या १२ वटा पुराएकी हुन् । आईडल दाबेदारका रुपमा उभिएकी सज्जा चौँलागाई पहिलो महिला नेपाल आईडल बन्नसक्ने अवस्था भएको दर्शकहरु बताउँछन् । उनका हालै सार्वजनिक भएका अफिसियल गीतहरु पनि अहिले हिट भएका छन् । हेर्नुहोस् पुरा विवरण–

सज्जाले ४ वटा रेक्सपेक्ट पर्फोमेन्स अवार्ड, ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड, ५ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । उनी २२ वर्षकी छिन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् ।

२) प्रविण बेड्वाल– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् प्रविण बेड्वाल । प्रविणले नेपाल आईडलको स्टेजमा अहिलेसम्म १० वटा अवार्ड जितेका छन् । यसअघि ८ वटा अवार्ड जितेका प्रविणले यसै हप्तामात्र २ वटा अवार्ड जित्दै अवार्डको संख्या १० वटा पुराएका हुन् । प्रविणले ७ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड र ३ वटा रेस्पेक्ट पर्फोमेन्स आफ द विक अवार्ड जितेका छन् । उनले एकपटक सर्वाधिक भोट पनि प्राप्त गरेका छन् । नेपाल आईडलको स्टेजमा संगीतका उस्ताद भनेर चिनिएका प्रविणको हालै बजारमा आएका उनका गीतहरुले पनि निक्कै चर्चा पाउन सफल भएको छ ।

बर्दिया निवासी प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरुमध्येका एक हुन् । प्रविण नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका छन् । उनी २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै उत्कृष्ट ४ को यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । सुरुसुरुमा आफु गायन क्षेत्रमा लाग्दा परिवारको त्यति साथ नपाएता पनि संगीतमा उनको रुचि झनझन बढ्दै गयो । अरुले त्यति साथ नदिएपनि उनलाई उनको हजुरआमाले हौसला दिएको उनी सम्झन्छन् ।

कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्नका लागि भन्दै भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले संगीतको शिखरमा थप प्रगति गर्न थाले । सुरुमा रिझाउन नसकिएको परिवारले पनि अहिले उनलाई साथ दिन थालेका छन् । वास्तवमा प्रविणका बुवा आर्मीमा थिए । आफ्नो छोरालाई पनि आर्मी बनाउने सपना देखेका बुवाको ईच्छाविपरित प्रविणले संगीतको बाटो समातेका थिए । संगीतलाई छनौट गर्दै घर छाडेका प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर अहिले उनका बुवा पनि खुशी छन् । प्रविणले संगीत क्षेत्रमै लागिरहने अठोट गरेका छन् ।

३) केविन ग्लान तामाङ– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् केविन ग्लान तामाङ । केविनले नेपाल आईडल सिजन ३ मा अहिलेसम्म ७ वटा अवार्ड जितेका छन् । नेपाल आईडलमा रकिङ प्रस्तुति दिँदै चर्चामा आएका केबिनले ४ वटा अपलिफ्टिङ पर्फोमेन्स अफ द डे, २ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड र एउटा रेक्सपेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । उनले २ पटक सर्वाधिक भोट पनि प्राप्त गरिसकेका छन् । यसबाट पनि दर्शकको रोजाईमा उनी रहेको प्रष्ट हुन्छ । नेपाल आईडल सिजन ३ मा दमदार प्रस्तुकितका कारण चर्चामा रहेका केविन चितवनको पर्सा निवासी हुन् । उनी २१ वर्षका छन् । सानैमा आफ्ना दाजुहरुले गीतार बजाएको देखेर केविन संगीतमा आकर्षित भएका हुन् ।

पढाई र सँगीतलाई सँगै अगाडि बढाएका केबिनलाई १४ वर्षको उमेरमा बुवाले उपहार दिनुभएको गीतारले संगीत क्षेत्रमा थप प्रगति गर्न हौस्यायो । गायक स्वप्निल शर्मालाई आईडल मान्ने केबिन स्याडोज ब्याण्डको ठूलो फ्यान हुन् । सुरुमा गीत गाउन लजाउने केविन गितार भने निकै राम्रो बजाउने गर्थे । उनले सँगीतको यात्राकै क्रममा ‘शास्त्र’ नामक ब्याण्ड जोईन गरे । त्यस ब्याण्डमा केही वर्ष बिताएका केबिन र उनको टिमले पछि अक्टेब ब्याण्ड स्थापना गर्यो । उनी गत ५ वर्षदेखि सोही ब्याण्डमा आवद्ध छन् । म्युजिकलाई आफ्नो प्यासन बताउने उनी सोही प्यासनलाई करियरका रुपमा अगाडि बढाउन चाहान्छन् । एक महिना मात्र औपचारिक संगीत सिकेका केविन संगीतलाई मानिसको मनसम्म जोडिएको भावना व्यक्त गर्ने माध्यमको रुपमा परिभाषित गर्छन् । उनले सन् २०१७ तिर एउटा गीत समेत सार्वजनिक गरेका थिए ।

४) नेशन पुन मगर– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् नेशन पुन मगर । पोखराका नेशन पुन मगरले नेपाल आईडलको तेस्रो सिजनमा अहिलेसम्म ७ वटा अवार्ड जितेका छन् । उनले २ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड, ४ वटा अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । उनले पनि दुई पटक सर्वाधिक भोट प्राप्त गरेका छन् । म्याग्दीका नेशन पुन मगर २० वर्षका छन् । सानोमा फुटबलमा रुचि भएता पनि उनका बुवाले उनलाई फुटबलको सट्टा गितार किनिदिए अनि दाईले गितार सिकाईदिएका थिए । त्यसपछि नै उनी संगीतको यात्रामा सरिक भएका हुन् । औपचारिक रुपमा संगित नसिकेतापनि उनले अनलाईनबाट संगीत बारे धेरै कुराहरु सिकेका छन् । विभिन्न कभर गीत समेत गाएका नेशनले अहिलेसम्म आफ्नै गीतभने सार्वजनिक गरेका छैनन् । उनी पोखराको ‘एमपी’ ब्याण्डमा आवद्ध छन् । उनले यसअघि नेपाल आईडलको दोस्रो सिजनमा समेत सहभागिता जनाएका थिए ।

५) किरण कुमार भुजेल– नेपाल आईडल सिजन ३ को उपाधी दाबेदारमध्येका एक प्रतियोगी हुन् किरण कुमार भुजेल । वाईल्ड कार्ड राउण्ड जितेर उत्कृष्ट ५ मा पुगेका किरणले शुक्रबारको प्रस्तुतिबाट अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड जित्दै आफुले पाएको अवार्डको संख्या ५ वटा पुराएका छन् । किरणले नेपाल आईडलमा अहिलेसम्म ५ वटा अवार्ड जितेका छन् । उनले ४ वटा अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् ।

अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् । कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै उनले गीत गाएको अनुभव छ । दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका किरण एसएलसी सकाएपछि वि.सं. २०६५ सालमा काठमाडौँ प्रवेश गरेका थिए । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । ५० वटाभन्दा बढी गीतहरुमा आवाज दिईसकेका किरण अहिले जे ब्याण्डमा आवद्ध छन् । उनका हालसालै आएका केही गीतहरुले युट्युब ट्रेण्डिङमा समेत कब्जा जमाउन सफल भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*