यस्तो बन्यो सागर आले मगरको ‘सम्झना’

२६ श्रावण २०७७, सोमबार १६:३७

मकवानपुर, २६ साउन । चर्चित गायक सागर आले मगरको ‘सम्झना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सागरकै अफिसियल युट्युब च्यानलबाट सोमबार गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

सुरज तामाङको शब्द तथा संगीतमा तयार भएको गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन् । म्यूजिक भिडियोमा सागरसँगै उर्मिला गुरुङले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई अनिल कट्वालले छायाँकन, निर्देशन र सम्पादन गरेका हुन् । भिडियोका क्रियटिभ डाईरेक्टर सागर राना मगर हुन् । कृष्ण लामिछानेले सहायक छायाँकारको भूमिका निर्वाह गरेको म्यूजिक भिडियोमा राजु वाईबाले कलाकारहरुलाई सिँगारेका छन् ।

नेपाल आईडलको पहिलो सिजनबाट सर्वाधिक चर्चामा आएका सागरका चर्चित गीतहरु बजारमा आईसकेका छन् । हेर्नुहोस् सागरको ‘सम्झना’–

यो पनि हेर्नुहोस्
चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ मा पून उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका छन् । बिहीबार वाईल्ड कार्ड राउण्डबाट किरणकुमार भुजेल विजेता भएपछि पून उत्कृष्ट ५ प्रतियोगीहरु छनौट भएकी हुन् । प्रतियोगिताका उत्कृष्ट ५ प्रतियोगीहरुमा सज्जा चौलागाई, प्रविण बेड्वाल, केविन ग्लान तामाङ, नेशन पुन मगर र किरणकुमार भुजेल रहेका छन् । यस भिडियो सामग्रीमा यी नै ५ प्रतियोगीहरुको बारेमा छोटो जानकारी र उनीहरुले पाएका अवार्डहरुका बारेमा चर्चा गरिएको छ ।

नेपाल आईडल सिजन ३ की चर्चित प्रतियोगी सज्जा चौलागाईले सर्वाधिक अवार्ड जित्दै अवार्ड विजेताको शिर्ष स्थानमा आफुलाई कायम राखेकी छिन् । यसअघि पनि अवार्ड विजेताको शिर्ष स्थानमा रहेकी सज्जाले शुक्रबार ग्लामर मोमेन्ट अफ द विक अवार्ड जित्दै अवार्डको संख्या १२ वटा पुराएकी हुन् । उनले शुक्रबार द एज ब्याण्डको ‘बन्द आँखामा’ बोलको गीत गाएकी थिईन् । निर्णायकहरुबाट प्रशंसा पाएकी सज्जाले त्यही गीतबाट ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी हुन् ।

आईडल दाबेदारका रुपमा उभिएकी सज्जा चौँलागाई पहिलो महिला नेपाल आईडल बन्नसक्ने अवस्था भएको दर्शकहरु बताउँछन् । उनका हालै सार्वजनिक भएका अफिसियल गीतहरु पनि अहिले हिट भएका छन् । नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले हप्तासम्ममा १२ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले ४ वटा रेक्सपेक्ट पर्फोमेन्स अवार्ड, ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड, ५ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*