सज्जालाई सर्वाधिक अवार्ड

२६ श्रावण २०७७, सोमबार ०८:१८
Featured Video Play Icon

मकवानपुर, २६ साउन । नेपाल आईडल सिजन ३ की चर्चित प्रतियोगी सज्जा चौलागाईले सर्वाधिक अवार्ड जित्दै अवार्ड विजेताको शिर्ष स्थानमा आफुलाई कायम राखेकी छिन् । यसअघि पनि अवार्ड विजेताको शिर्ष स्थानमा रहेकी सज्जाले शुक्रबार ग्लामर मोमेन्ट अफ द विक अवार्ड जित्दै अवार्डको संख्या १२ वटा पुराएकी हुन् । उनले शुक्रबार द एज ब्याण्डको ‘बन्द आँखामा’ बोलको गीत गाएकी थिईन् । निर्णायकहरुबाट प्रशंसा पाएकी सज्जाले त्यही गीतबाट ग्लामर मोमेन्ट अफ द विक अवार्ड जितेकी हुन् ।

आईडल दाबेदारका रुपमा उभिएकी सज्जा चौँलागाई पहिलो महिला नेपाल आईडल बन्नसक्ने अवस्था भएको दर्शकहरु बताउँछन् । उनका हालै सार्वजनिक भएका अफिसियल गीतहरु पनि अहिले हिट भएका छन् । नेपाल आईडलमा सर्वाधिक अवार्ड जितेकी सज्जाले हप्तासम्ममा १२ वटा अवार्ड जितिसकेकी छिन् । सज्जाले ४ वटा रेक्सपेक्ट पर्फोमेन्स अवार्ड, ३ वटा ग्लामर मोमेन्ट अफ द विक अवार्ड, ५ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड जितेकी छिन् । नेपाल आईडलमा रक स्टारको छवि बनाएकी सज्जा मोरङ निवासी हुन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

उनी २२ वर्षकी छिन् । अहिले काठमाठौँ नारायणटारमा बसोबास गर्दै आएकी सज्जा साँगितिक दुनियाँमा बिगत ६ वर्षदेखि सक्रिय छिन् । सानै छँदा गीत गुनगुनाउने सज्जाले विद्यालयमा विभिन्न प्रतियोगितामा भाग लिँदै गायन कला तिखारेकी हुन् । संगीतमा कुनै औपचारिक शिक्षा नलिएकी सज्जाले प्लस टु अध्ययनका क्रममा विभिन्न स्थानमा स्टेज सिंगरको रुपमा पनि काम गरेकी थिईन् । आमा वैदेशिक रोजगारका सिलसिलामा साईप्रास गएपछि सज्जाले भाईको जिम्मेवारी समेत बहन गर्दै आएकी छिन् । वैदेशिक रोजगारीका लागि आवेदन समेत दिएर बसेकी सज्जा एसएलसी पश्चात नै ब्याण्डमा जोडिएकी थिईन् । उनी ‘द लोडिङ ब्याण्ड’ मा आवद्ध छिन् । स्कुल, कलेज र स्टेज सिंगर हुँदै नेपाल आईडलको मञ्चमा पुगेकी सज्जाले निरन्तर संगीत क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् । आदरणीय दर्शकविन्द, तपाईलाई सज्जा चौलागाईको आवाज कस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*