मकवानपुरमा आज २३ जनामा कोरोना संक्रमण

२५ श्रावण २०७७, आईतवार १५:५४

मकवानपुर, २५ साउन । आज मकवानपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरमा हालसम्मकै उच्च संख्यामा कोरोना पुष्टि भएको यो पहिलो पटक हो । हेटौँडामा रहेको कोरोना आइसोलेसन वार्डले दिएको जानकारी अनुसार आज हेटौँडामा कार्यरत ५ जना प्रहरी सहित मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको १६ जना स्थायी बासिन्दा तथा बिराटनगर घर भै हेटौँडामा बस्ने एक जना र बकैया गाउँपालिका वडा नंबर ४ स्थायी ठेगना भई हेटौँडाको एक सहकारीमा कार्यरत एकजना महिला संक्रमित भएको हेटौँडाबाट संचालित खबरब्रेक डटकमले समाचार लेखेको छ ।

आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले खबरब्रेकलाई दिएको जानकारी अनुसार संक्रमित हुनेहरुको विवरण यसप्रकार रहेको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर २ को १ जना, हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को ४ जना, हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ को ४ जना, हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को १ जना, हेटौँडा उपमहानगरपालिका वडा नबर ९ को ३ जना, हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ को १ जना, हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ को १ जना, बकैया गाउँपालिका वडा नंबर ४ को १ जना, बिराटनगर घर भै हेटौँडा बस्ने १ जना, हेटौँडामा कार्यरत प्रहरी ५ जना रहेका छन् ।

आईसोलेसन वार्डका प्रमुख चौँलागाईले जानकारी दिएअनुसार आज संक्रमण पुष्टि भएकाहरुमा लक्षण पनि देखिएको छ । उनीहरुलाई आइसोलेसन वार्ड ल्याउने तयारी भैरहेको उनले बताए । (साभार–खबरब्रेक डटकम)

यो पनि हेर्नुहोस्–
रेडियोलाई फेसबुकमा लाईभ गर्ने तरिका
तपाई रेडियोमा कार्यक्रम चलाउनुहुन्छ र त्यसलाई अडियो वा भिडियोका रुपमा फेसबुकमार्फत लाईभ प्रसारण गर्न चाहानुहुन्छ भने ओबिएस स्टुडियो सफ्टवयर निकै सजिलो छ । तपाईलाई यसको सेटिङ गर्न समस्या छ र लाईभ कसरी गर्ने भनेर सोचिरहनु भएको छ भने यो भिडियो सुरुदेखि अन्तसम्मै हेर्नुहोस् ।

फेसबुकको १० वर्ष पुरानो पोष्ट डिलिट गर्ने तरिका
हामीले भावनामा बहकेर वा कुनै घटनाका कारण कहिलेकाँही फेसबुकमा यस्ता पोष्टहरु गर्छौँ जुन कुराहरु केही वर्षपछि हामीलाई ठिक नलाग्न सक्छ । त्यस्ता वर्षौँ पुरानो फोटो वा स्टाटसलाई एकै क्लिकमा कसरी डिलिट गर्ने ? यो सामान्य जानकारी यो भिडियोमा राखिएको छ । लिंकमा गएर भिडियो हेरिदिनुहोला


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*