प्रविण बेड्वाललाई अवार्ड नै अवार्ड

२५ श्रावण २०७७, आईतवार १३:२५
Featured Video Play Icon

मकवानपुर, २५ साउन । नेपाल आईडल सिजन ३ का सर्वाधिक चर्चित प्रतियोगी प्रविण बेड्वालले पून अर्को २ वटा अवार्ड जितेका छन् । उनले प्रतियोगिताको बिहिबार र शुक्रबार भएको राउण्डमा १–१ वटा अवार्ड जितेका हुन् । बिहिबार उनले ‘अफलिफ्टीङ पर्फोमेन्स अफ द डे अवार्ड’ जित्दै आफुले पाएको अवार्डको संख्या ९ वटा पुराएका थिए । बिहिबारको राउण्डमा उनले स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको ‘तिमीलाई म के भनौँ’ बोलको गीत गाएका थिए । उक्त गीतमा दमदार प्रस्तुति दिएका प्रविणलाई निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । प्रविणको आवाज, उनको क्रियसन र उनको गायकीको निर्णायकहरुले निक्कै प्रशंसा गरेका छन् । यही प्रस्तुतिबाट नै उनले अपलिफ्टीङ पफोर्मेन्स अफ द डे अवार्ड जितेका हुन् ।

त्यस्तै शुक्रबार उनले थप एक अवार्ड प्राप्त गर्दै आफुले पाएको अवार्डको संख्या १० वटा पुराएका छन् । उनले रेस्पेक्ट पफोर्मेन्स अफ द विक अवार्ड जित्दै अवार्डको संख्या १० वटा पुराएका हुन् । शुक्रबार उनले भक्तराज आचार्यको आवजमा रहेको ‘किन फेरि माया सम्झी’ बोलको गीत गाएका थिए । उनले बिहीबार र शुक्रबारेको प्रस्तुतिका अवार्डमा उक्त अवार्ड जितेका हुन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

नेपाल आईडलको स्टेजमा संगीतका उस्ताद भनेर चिनिएका प्रविणको हालै बजारमा आएका उनका गीतहरुले पनि निक्कै चर्चा पाउन सफल भएको छ । प्रविणले नेपाल आईडलको स्टेजमा अहिलेसम्म १० वटा अवार्ड जितेका छन् । उनले ७ वटा अपलिफ्टीङ पर्फोमेन्स अफ द डे’ अवार्ड र ३ वटा रेस्पेक्ट पर्फोमेन्स आफ द विक अवार्ड जितेका छन् । उनले एकपटक सर्वाधिक भोट पनि प्राप्त गरेका छन् । बर्दिया निवासी प्रविण बेड्वाल नेपाल आईडल सिजन ३ मा ऐतिहासिक प्रस्तुति दिने प्रतियोगीहरुमध्येका एक हुन् । प्रविण नेपाल आईडल सिजन ३ मा सुमधुर आवाजका कारण चिनिएका छन् । उनी २३ वर्षका छन् । बुटवल अडिसनबाट छनौट हुँदै उत्कृष्ट ४ को यात्रा तय गरेका प्रविणले सँगीत विषयमा नै स्नातक गरेका छन् । सुरुसुरुमा आफु गायन क्षेत्रमा लाग्दा परिवारको त्यति साथ नपाएता पनि संगीतमा उनको रुचि झनझन बढ्दै गयो । अरुले त्यति साथ नदिएपनि उनलाई उनको हजुरआमाले हौसला दिएको उनी सम्झन्छन् ।

कक्षा १० सम्म गाउँमा नै अध्ययन गरेका प्रविणले त्यसपछि काठमाडौँको बसाई सुरु गरे । काठमाडौँ आएर त्रिचन्द्र कलेजमा भर्ना भएका प्रविण पछि संगीत विषयमा नै अध्ययन गर्नका लागि भन्दै भारतको तमिलनाडुमा पुगे । त्यहाँबाट नै उनले संगीतमा स्नातक गरेका हुन् । स्नातक पश्चात ‘जात्रा’ नामक ब्याण्डमा आवद्ध भएका उनले संगीतको शिखरमा थप प्रगति गर्न थाले । सुरुमा रिझाउन नसकिएको परिवारले पनि अहिले उनलाई साथ दिन थालेका छन् । वास्तवमा प्रविणका बुवा आर्मीमा थिए । आफ्नो छोरालाई पनि आर्मी बनाउने सपना देखेका बुवाको ईच्छाविपरित प्रविणले संगीतको बाटो समातेका थिए । संगीतलाई छनौट गर्दै घर छाडेका प्रविण संगित क्षेत्रमा लागेको उनको परिवारलाई सुरुमा राम्रो लागेको थिएन । तर अहिले उनका बुवा पनि खुशी छन् । प्रविणले संगीत क्षेत्रमै लागिरहने अठोट गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*