किरण भुजेलले जिते वाईल्ड कार्ड राउण्ड

२५ श्रावण २०७७, आईतवार १३:०६
Featured Video Play Icon

मकवानपुर, २५ साउन । नेपाल आईडल सिजन ३ का चर्चित प्रतियोगी किरण कुमार भुजेलले वाईल्ड कार्ड राउण्ड जितेका छन् । बिहीबार वाईल्ड कार्ड राउण्डको रिजल्ट भएपछि किरण फेरि शोमा फर्किएका छन् । शो स्थगित हुनुअघि वाईल्ड कार्ड राउण्डमा किरणसँगै रचना रिमाल, ममता गुरुङ, मिग्मा लामा र मेघा श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । उनीहरुमध्ये सर्वाधिक भोट प्राप्त गर्दै किरणले वाईल्ड कार्ड जितेका हुन् । उनले यससँगै पहिलो पटक शोमा सर्वाधिक भोट प्राप्त गरेका छन् ।

यससँगै किरण नेपाल आईडलको उत्कृष्ट ५ मा पुगेका छन् । उनले बिहीबार शोमा एकल प्रस्तुति पनि दिएका छन् । नेपाल आईडलको स्टेजमा भर्सटाईल सिंगरका रुपमा ख्याति कमाएका किरण यसअघि नेपाल आईडलको उत्कृष्ट ७ सम्म पुगेका थिए । वाईल्ड कार्ड राउण्डमा किरणको प्रस्तुतिमा सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन पनि दिएका थिए । उनले शोही प्रस्तुतिबाट अवार्ड समेत जितेका थिए । किरणले नेपाल आईडलमा अहिलेसम्म ४ वटा अवार्ड जितेका छन् । उनले ३ वटा अपलिफ्टिङ पर्फोमेन्स अफ द डे’ अवार्ड र एउटा रेस्पेक्ट पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

अडिसन राउण्डदेखि नै चर्चामा रहेका किरणले स्कुले जिवनदेखि नै गाउन सुरु गरेका हुन् । कक्षा ६ मा अध्ययन गर्दाको समयमा नै उनले गीत गाएको अनुभव छ । दाईले गाएको देखेर दाईकै नक्कल गर्दै गीत गाउन थालेका किरण एसएलसी सकाएपछि वि.सं. २०६५ सालमा काठमाडौँ प्रवेश गरेका थिए । काठमाडौँमा आएर सँगीत विषय अध्ययन गरेका किरणले ललितकला क्याम्पसबाट संगितको औपचारिक शिक्षा लिएका छन् । संगितमा नै स्नातक गरेका किरणले वि.सं. २०६५ सालतिर पहिलो पटक आफ्नै गीत निकालेका थिए । ५० वटाभन्दा बढी गीतहरुमा आवाज दिईसकेका किरण अहिले जे ब्याण्डमा आवद्ध छन् । उनका हालसालै आएका केही गीतहरुले युट्युब ट्रेण्डिङमा समेत कब्जा जमाउन सफल भएको थियो ।

आदरणीय दर्शकविन्द तपाईलाई किरण भुजेलको आवाज कस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*