हात्तिगौँडामा ४२ जनालाई जनालाई अपाङ्गता परिचयपत्र वितरण

२५ श्रावण २०७७, आईतवार १२:३८

मकवानपुर, २५ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडामा उपमहानगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ । उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले शुक्रबार वडाका ४२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्नुभएको हो ।

वडा नम्बर १२ का ६ जनालाई ‘क’ वर्गको रातो कार्ड, २२ जनालाई ‘ख’ वर्गको निलो कार्ड र ७–७ जनालाई ‘ग’ र ‘घ’ वर्गको पहेलो र सेतो कार्ड वितरण गरिएको हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा अन्तर्गत महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार २ जनाको भने पुनरावलोकनका लागि राखिएको छ ।

अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान र वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो । हेटौंडा उपमहानगरपालिकाले यसअघि उपमहानगरको वडा नम्बर २, ३, ६, ७, १० र १८ नम्बरमा अपाङ्गता परिचयपत्र वितरण गरिसकेको छ । शुक्रबार ४२ जनासहित उपमहानगरपालिकाले हालसम्म ३ सय ३४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिसकेको छ ।

कोरोना संक्रमण उपमहानगरमा पनि फैलिन थालेकोले अब अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम अवस्था सामान्य भएपछि मात्र गरिने हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा अन्तर्गत महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछानेले बताउनुभयो । साभार–समृद्ध समाज राष्ट्रिय दैनिक

यो पनि हेर्नुहोस्
को बन्छ नेपाल आईडल ?
चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडल सिजन ३ फेरि सुरु हुने भएको छ । उत्कृष्ट ४ छनौटका क्रममा विश्वमहामारीका कारण स्थगित भएको शो यही बिहिबारदेखि फेरि प्रसारण हुन थालेको हो । शो पून सुचारु हुनेबारे ट्रेलरसमेत सहभागी भएपछि केही समय सेलाएको नेपाल आईडलको चर्चा फेरि सुरु भएको छ । स्थगित हुनुअघि उत्कृष्ट ४ जना प्रतियोगीहरु छानिसकिएको थियो जसमा सज्जा चौलागाई, प्रविण बेड्वाल, केविन ग्लान तामाङ र नेशन पुन मगर रहेका छन् । त्यस्तै प्रतियोगितामा वाईल्डकार्ड ईन्ट्रीका लागि रचना रिमाल, ममता गुरुङ, मिग्मा लामा, किरण कुमार भुजेल र मेघा श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । उनीहरुको रिजल्ट पनि यही हप्ता हुने आसा गरिएको छ । वाईल्ड कार्डबाट कसले जित्नसक्छ भन्ने विषयमा हामी अर्को भिडियोमा चर्चा गर्नेछौँ । यस भिडियोमा भने हामी उत्कृष्ट ४ भित्र परेका प्रतियोगीहरुमध्ये नेपाल आईडल सिजन ३ को विजेता बन्ने सम्भावना कसको छ भन्ने विषयमा चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*