हेटौँडामा थप २ जनामा कोरोना संक्रमण

२२ श्रावण २०७७, बिहीबार १२:२५

मकवानपुर, २२ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान प्राप्त रिपोर्टअनुसार हेटौंडाका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार नै पठाइएको नमूनामध्ये आज प्राप्त रिपोर्टअनुसार हेटौंडा–६ का ४९ वर्षीय पुरुष र हेटौंडा–१७ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईञ्चार्ज डा. अर्जुन खड्काले जानकारी दिएका छन् । आज संक्रमित भएका दुबैजना हेटौंडा अस्पतालको ज्वरो क्लिनिकबाट रेफर गरेर पठाइएका व्यक्तिहरु भएको डा. खड्काले बताएका छन् । यी पुरुषहरुमध्ये हेटौँडा ६ का ४९ वर्षीय पुरुष सिमरामा कार्यरत रहेका थिए भने अर्का ३१ वर्षीय पुरुष प्रहरी चौकी हटियामा कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।

केहीदिन यता मकवानपुरका विभिन्न स्थानीय तहमा कोरोना संक्रमणको दर बढेको छ । आइसोलेसन वार्डमा अहिले कोरोना संक्रमित ९ जना उपचाररत छन् । आजै आइसोलेसन वार्डबाट ३४ पुरुष र १७ महिलासहित ५१ जनाको स्वाब कोरोना परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित प्रयोगशालामा पठाइएको छ । (समृद्ध समाज, खबर ब्रेक र सिधाखबरको सहयोगमा)

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सन्तोष लामाको म्यूजिक भिडियोमा मकवानपुरका फुर्बा दोर्जे र साबित्राको रोमान्स
नेपाली ताराको बिजेता बनेर थप चर्चामा आएका गायक सन्तोष लामाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामाको आवाजमा रहेको ‘बिर्सन म सक्दिन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा मकवानपुरका कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ तथा चर्चित मोडल साबित्रा थिङले अभिनय गरेका छन् । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक भएको म्यूजिक भिडियोमा फुर्बा दोर्जेसँगै साबित्राको अभिनय प्रशंसनीय छ । मायाप्रेमले भरिपूर्ण म्यूजिक भिडियोमा फुर्बा र सावित्राको जोडी निकै सुहाएको छ । साबित्रा र फुर्बाको अभिनय कौशल समेत भिडियोमा देखिएको छ । गीतमा रोशन भट्टराईको शब्दमा चर्चित संगीतकार न्ह्यु बज्रचार्य को संगीत छ । गायक सन्तोष लामाको एल्वम अक्षतामा उक्त गीत समावेश छ । मलेसियामा छायाँकन भएको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् ।

यस्तो छ चलचित्र सय कडा दश, हेटौँडामा खुल्यो रहस्य (भिडियो)

नेपाली कथानक चलचित्र ‘सय कडा दश’ ले समाजमा रहेको भ्रष्ट्राचारलाई न्युनिकरण गर्न सहयोग गर्ने चलचित्रका कलाकार तथा निर्माताहरुले बताएका छन् । न्युज क्लब नेपाल, हेटौँडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माण कमिटि तथा कलाकारहरुले यस्तो बताएका हुन् । चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, सोनिया राई, रश्मी भट्ट, अमित पोखरेल लगायतकाको अभिनय रहेको छ ।
कसले के भने ? हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*