हेटौँडामा थप एक जनामा कोरोना, मकवानपुरगढीमा पनि पहिलो संक्रमण

२१ श्रावण २०७७, बुधबार १२:१४

मकवानपुर, २१ साउन । मकवानपुरमा आज पनि थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोन संक्रमण पुष्टि भएकाहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ की एक महिला र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का एक पुरुष रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

यो संगै मकवानपुरमा संक्रमितको संख्या ५१ पुगेको छ । हिजो मात्र मकवानपुरमा ३ जनामा कोरोना पुष्टि भएको थियो । मकवानपुर जिल्लामा संचालित एकमात्र आईसोलेसनबाट नाक तथा घाँटीको स्वाब संकलन गरि हेटौँडामा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र अन्तर्गत अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा ती दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई आईसोलेसन वार्डमा ल्याउने तयारी भएको चौलागाईले बताए । मकवापनुरको हेटौडा उपमहानगरपालिकामा संक्रमित हुनेको संख्या १९ पुगेको छ । त्यस्तै मनहरी गाउँपालिकामा १२ जना र थाहा नगरपालिकामा ७ जना संक्रमित भईसकेको छन् ।

मकवानपुरका ५१ मध्ये कर्रामा संचालित आईसोलेन वार्डमा बसेका २७ जना नेगेटिभ रिपोर्ट प्राप्त गरी घर फर्किसकिएका छन् भने ७ जना अझै आईसोलेसनमै रहेका छन् ।

यो पनि हेर्नुहोस्–
यति सस्तो अफर
नेपाल टेलिकमले विभिन्न आकर्षक योजनाहरु बेला–बेलामा सार्वजनिक गर्ने गरेको छ । यदि तपाई पनि एनटिसी अर्थात नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ भने ती अफरहरुको प्रयोग आफुलाई अनुकुल पर्छ भने प्रयोग गर्न सक्नुहुन्छ । यस भिडियोमा हामी तपाईलाई एनटिसीको ‘स्प्रीङ अफर’ का बारेमा जानकारी दिँदैछौँ । यस अफर अन्तर्गत कस्ता डाटा र भ्वाईस प्याकेजका अफरहरु छन् ? ती अफरहरुको प्रयोग गर्न कति पैसा लाग्छ ? ती मध्ये कुन अफर प्रभावकारी छ र त्यो अफरलाई कसरी मोबाईलमा सुचारु गर्ने भनेर यो भिडियोमा जानकारी दिइएको छ । पुरा जानकारीका लागि भिडियोलाई अन्तिमसम्मै हेरिदिनुहोला ।

पिडिएफ फाईल बनाउने सबैभन्दा सजिलो तरिका
आदरणीय दर्शकविन्द, तपाईहरुले पिडिएफ फाईलका बारेमा त सुन्नुभएको नै छ । हामी हाम्रो अफिस तथा व्यक्तिगत प्रयोजनका लागि पिडिएफ फाईलको प्रयोग गरिरहेका हुन्छौँ । पिडिएफको पुरा रुप पोर्टेबल डकुमेन्ट फम्र्याट हो । यो प्रिण्टेड भर्सनलाई ईलेक्ट्रोनिक भर्सनमा पढ्न मिल्ने सजिलो तरिकाका रुपमा पनि लिने गरिन्छ । अनि यसलाई ईमेजका रुपमा कन्भर्ट गर्न पनि सजिलो हुन्छ । पिडिएफ फाईललाई तपाई मोबाईलमा पनि खोल्न सक्नुहुन्छ । आजको यस भिडियोमा तपाईलाई वल्र्ड फाईललाई पिडिएफ बनाउने सबैभन्दा सजिलो तरिका बताउँदैछु । यो पिडिएफ फाईल बनाउन तपाईलाई कुनै पनि थप सफ्टवयरको आवश्यकता पर्दैन । तपाई केबल एक दुई क्लिकमै पिडिएफ फाईल बनाउन सक्नुहुन्छ । यो तरिकाबाट तपाई वर्ल्ड फाईल मात्र नभई फोटो, पावरप्वाईन्ट, एक्सेल, पेजमेकर फाईल लगायतका सबै फाईललाई पिडिएफमा कन्भर्ट गर्नसक्नुहुन्छ । आउनुहोस् यो तरिका सिकौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*