गायक अविराम मोक्तानको ‘हे सानु’ सार्वजनिक

१९ श्रावण २०७७, सोमबार २०:४७

मकवानपुर, १९ साउन । गायक अविराम मोक्तानको नयाँ गीत ‘हे सानु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत अविरामको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । अविरामको यसअघि नै विभिन्न गीतहरु बजारमा आईसकेका छन् ।

चर्चित गायक तथा संगीतकार विश्व दोङको शब्द तथा संगीतमा तयार भएको गीतलाई देवेश राईले एरेञ्ज गरेका छन् । पर्पल स्टुडियोमा रेकर्ड भएको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन् । चर्चित अनस्क्रिन जोडी अभि लामा र अनिता गोलेको फिचरिङ गरिएको म्यूजिक भिडियोमा गहना परिवारको पनि अभिनय हेर्न सकिन्छ ।

सूर्य लामाको छायाँकन र सम्पादनमा तयार भएको भिडियोलाई कलाकार अभि लामाले नै कोरियोग्राफ र निर्देशन गरेका हुन् । कलाकारहरुलाई दिया रिजालले सजाएकी छिन् । हेर्नुहोस् भिडियो–

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘हिमालकी छोरी’ मा नायिका खुशी घिसिङ

तामाङ चलचित्रसहित नेपाली गीतको म्यूजिक भिडियोहरुमा समेत चर्चा कमाउन सफल चर्चित नायिका खुशी घिसिङको अभिनय रहेको ‘हिमालकी छोरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुपरहिट घिसिङको शब्द तथा टिका बम्जनको संगीतमा तयार भएको गीतमा अग्निशा लामको आवाज रहेको छ ।

म्यूजिक भिडियोमा नायिका खुशीलाई अण लामाले साथ दिएका छन् । पवन लामाको संगीत संयोजनमा तयार भएको गीतको म्यूजिक भिडियोलाई कृष्ण ब्लोनले निर्देशन तथा सम्पादन गरेका छन् । गोकुल राउतको छायाँकन रहेको म्यूजिक भिडियोलाई चर्चित नायक तथा निर्देशक सञ्जय लामा हुत्तले रंग संयोजन गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको म्यूजिक भिडियोलाई करिब ४३ हजार पटक हेरिएको छ र यो क्रम बढ्दो छ ।
वडा अध्यक्ष घलानको नमूना फुलबारीको चर्चा यसरी चुलियो (भिडियो)

‘राजनीतिमा लागेका व्यक्तिको हरेक दृष्टिकोण राजनीति गर्नमै केन्द्रित हुनेगर्छ, यो आम नेपालीको सोच हो । तर केही यस्ता नेताहरु छन् जो आफुलाई राजनीतिभन्दा परको जीन्दगीमा समेत अब्बल सावित गर्न सक्छन् र वास्तविक रुपमा समाजको आदर्शवान व्यक्तित्व बन्न सफल हुन्छन् ।

ललित घलान, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट समाज विकासका लागि अग्रसर भएका घलानले वडा नम्बर १२ हात्तिगौँडा पदमपोखरीमा पुष्पखेती गरेर फरक उदाहरण पेश गरेका छन् । हेटौँडामा नै पहिलो पटक व्यवसायिक रुपमा पुष्पखेती गरेका घलानले ७ कठ्ठा जग्गामा पुष्पखेती गरेका छन् । मकवानपुरसहित विभिन्न स्थानमा हुने कार्यक्रमका लागि माला उपलब्ध गराईरहेका घलानले स्थानीय स्तरमै बजार जमाएका छन् । दैनिक १ सय ५० वटा र सो भन्दा बढी माला वितरण गर्दै आएका घलानले ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री गर्दै आएका छन् । एक महिनामा करिब एक लाखको पुष्पमाला बिक्री गर्न सफल घलानले पुष्पखेतीमा श्रीमती ललितासहित सिंगो परिवारको साथ पाएका छन् ।

काठमाडौँमा अवस्थित नर्सरीबाट १० हजार बिउ तयार पारी उनले पुष्प खेती सुरु गरेका हुन् । समाज विकासका लागि सक्रिय वडा अध्यक्षको छवि निर्माण गर्न सफल घलानले पुष्पखेती गरेर वैदेशिक रोजगारका लागि प्रवाश पुगेका युवाहरुलाई समेत एउटा आसा जगाई दिएका छन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*