भिमफेदी कारागारबाट भागेका कुलदिप पक्राऊ

१८ श्रावण २०७७, आईतवार १२:०२

मकवानपुर, १८ साउन । कारागार कार्यालय भिमफेदीबाट भागेका एक जना कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्लाको साविक बकुलौरी गाविस वडा नम्बर ४ (हाल रामधुनी नगरपालिका वडा नम्बर ७) बस्ने अन्दाजी २५ वर्षीय कुलदिपराज धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

धामीले अन्दाजी २१ वर्षीय रोजिन गुरूङलाई कर्तव्य गरी मारेको अपराधमा २० वर्ष कैद सजाय तोकिएको थियो । सजाय तोकिएपश्चात कारागारमा रहेका धामी वि.सं. २०७६ कात्तिक ३० गते कारागारबाट फरार भएका थिए । फरार भएका धामीलाई खोजतलास गर्ने क्रममा कंचनपुरबाट चितवनतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले २०७७ साउन १६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई पुर्व नवलपरासी देवचुली नगरपालिका वडा नम्बर १६ रजहरस्थित पुल छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई कारागार कार्यालय भिमफेदी पठाउने प्रक्रिया अघि थालिएको प्रहरीले जनाएको छ । साथै निज फरार कैदी कुलदिपराज धामीलाई कारागार कार्यालय भिमफेदी पठाउने प्रक्रिया भइरहेको ।
यो पनि हेर्नुहोस्–
रेडियोलाई फेसबुकमा लाईभ गर्ने तरिका
तपाई रेडियोमा कार्यक्रम चलाउनुहुन्छ र त्यसलाई अडियो वा भिडियोका रुपमा फेसबुकमार्फत लाईभ प्रसारण गर्न चाहानुहुन्छ भने ओबिएस स्टुडियो सफ्टवयर निकै सजिलो छ । तपाईलाई यसको सेटिङ गर्न समस्या छ र लाईभ कसरी गर्ने भनेर सोचिरहनु भएको छ भने यो भिडियो सुरुदेखि अन्तसम्मै हेर्नुहोस् ।

फेसबुकको १० वर्ष पुरानो पोष्ट डिलिट गर्ने तरिका
हामीले भावनामा बहकेर वा कुनै घटनाका कारण कहिलेकाँही फेसबुकमा यस्ता पोष्टहरु गर्छौँ जुन कुराहरु केही वर्षपछि हामीलाई ठिक नलाग्न सक्छ । त्यस्ता वर्षौँ पुरानो फोटो वा स्टाटसलाई एकै क्लिकमा कसरी डिलिट गर्ने ? यो सामान्य जानकारी यो भिडियोमा राखिएको छ । लिंकमा गएर भिडियो हेरिदिनुहोला

कुनै पनि लाईभ भिडियोलाई युट्युबमा लाईभ गर्ने तरिका
यदि तपाईसँग युट्युब च्यानल छ र कुनै कार्यक्रम, ईभेन्ट वा युट्युब वा अन्य साईटबाट लाईभ आईरहेको कार्यक्रम आफ्नो युट्युब च्यानलमा लाईभ गर्न चाहानुहुन्छ भने तपाई के गर्नुहुन्छ ? यस्तो बेला तपाईलाई ओबिएस स्टुडियो सफ्टवयरले मदत गर्छ । कसरी गर्ने त युट्युबमा लाईभ ? आउनुहोस् यो भिडियोबाट सिकौँ–

काकाओ टकको आईडी बनाउने तरिका
काकाओ टक दक्षिण कोरियाको काकाओ कम्पनीद्वारा निर्माण गरिएको चर्चित म्यासेञ्जर एप हो । काकाओ टकलाई छोटकरीमा काटक पनि भन्ने गरिन्छ । सन् २०१० मार्च १८ तारिखमा लञ्च भएको यो एप अहिले संसारका विभिन्न क्षेत्रमा पनि निकै रुचाइएको एप बन्न सफल भएको छ । विभिन्न १५ भाषामा उपलब्ध भएको यो एप सुरक्षित पनि मानिन्छ । आज हामी तपाईलाई काकाओ टकको आईडी बनाउने तरिकाका बारेमा जानकारी दिँदैछौँ । पुरा जानकारीका लागि भिडियोलाई अन्तसम्मै हेरिदिनुहोला । भिडियो मनपरेमा लाईक, कमेन्ट र शेयर गर्न पनि नभुल्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*