मकवानपुरे युवाहरुको ‘कुलत’ यस्तो बन्यो

१७ श्रावण २०७७, शनिबार २२:०९

मकवानपुर, १७ साउन । मकवानपुरे युवाहरुले तयार पारेको लघु चलचित्र ‘कुलत’ को पहिलो भाग सार्वजनिक भएको छ । विभिन्न स्थानबाट शहरमा आई अध्ययन गरिरहेका युवाहरु कसरी कुलतमा फस्छन् अनि उनीहरुमा कस्ता भावनात्मक असरहरु पर्छन् भन्ने कुरा भिडियो आधारित रहेको छ । सर्ट मूभि (लघु चलचित्र) मा साथीहरुबिचको आपसी मित्रतालाई पनि देखाईएको छ । चलचित्रको कथा पुरा जान्नका लागि भने तपाईले एकपटक फ्लप क्रियशन टिभी युट्युब च्यानलमा यो चलचित्रलाई हेर्नैपर्ने हुन्छ ।

चलचित्रमा सानुकान्छा घलान, जीवन घलान, सविन मुक्तान र राजु घलानले अभिनय गरेका छन् । राजु घलानको टिमले चलचित्रलाई छायाँकन तथा निर्देशन गरेका छन् । चलचित्रलाई सुवाश लामाले सम्पादन गरेका हुन् । हेर्नुहोस् चलचित्र–

यो पनि हेर्नुहोस्–
अब जिमेलबाटै जुममा जस्तै यसरी मिटिङ गरौँ
विश्व नै समस्यामा परेको बेलामा अनलाईन भिडियो मिटिङ तथा अनलाईन कक्षा संचालनका लागि जुम लगायतका एपह? निकै प्रभावकारी सावित भएका छन् । अब भने ईन्टरनेट दुनियाँको सफल कम्पनी गुगलले पनि जुमको जस्तै सुविधा प्रयोग कर्ताह?लाई उपलब्ध गराएको छ । गुगल मिट नामक एपबाट गुगलले यस्तो सेवा सु? गरेको हो जसमा तपाईले तपाईको जिमेल आईडी प्रयोग गरेर बढीमा १०० जनासँग एकैपटक भिडियो कल गरी मिटिङ तथा अध्ययनह? गर्न सक्नुहुन्छ । तपाईले यसको फ्रि भर्सनमै यो सुविधा पाउनसक्नुहुनेछ । हुन त गुगलले धेरै वर्ष पहिलेदेखि नै गुगल ह्याङ आउट्स मार्फत यस्तै सेवा दिएको थियो तर यसका सिमाह? तोकिएका थिए । अब भने यसले यसको दायरा बढाएको छ । कसरी गर्ने त गुगल मिट एपको प्रयोग ? यस भिडियो सामग्रीमा तपाईलाई गुगल मिट एप ईन्स्टल गर्न, मिटिङ जोईन गर्न र मिटिङ सञ्चालन गर्न वा कक्षा संचालन गर्न आवश्यक सबै जानकारीह? दिँदैछु । साथै केही सेटिङह?का बारेमा पनि बताउनेछु । कृपया भिडियो अन्तिमसम्मै हेर्नुहोला । यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । आउनुहोस् यो एपमा मिटिङ गर्ने तरिकाबारे जानकारी लिउँ ।

वेबसाईटमा समाचार वा आर्टिकल अपडेट गर्दा ध्यान दिनुपर्ने कुराहरु
के तपाई न्युज वेबसाईट वा ब्लग चलाउनुहुन्छ ? के तपाई समाचार वा तपाईको आर्टिकल भाईरल गराउन चाहानुहुन्छ ? अथवा के तपाईलाई समाचार वा आर्टिकल अपडेट गर्दा विभिन्न समस्याहरु भइरहेको छ ? यदि छ भने यो भिडियो तपाईहरुकै लागि हो । यस भिडियोमा हामी समाचार वा आर्टिकल अपडेट गर्दा हेडलाईन्, हाईलाईट,क्याटगोरी र ट्यागको महत्व के छ भन्ने विषयमा चर्चा गर्दैछौँ । साथै समाचारमा वा आर्टिकलमा ठ्याक्कै मिल्ने साईजको फिचर ईमेज कसरी बनाउने वा कुन साईजको बनाउने र समाचार शेयर गर्दा तस्बिर नआउने समस्याहरुलाई कसरी समाधान गर्ने त्यो बारेमा पनि चर्चा गर्नेछौँ । सबै जानकारीकालागि भिडियोलाई अन्तिमसम्मै हेरिदनुहोला । च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राईब गरिदिनुहोला ।

फेसबुक ग्रुप छ ? झट्का लाग्नु अगाडि नै यो सेटिङ गर्नुहोस्

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले यसको ग्रुप सेटिङमा परिवर्तन ल्याएको छ । यदि तपाईको फेसबुकमा ग्रुप छ र त्यसबाट धेरै भ्यू प्राप्त भईरहेको छ भने तपाईले एउटा सेटिङ तुरुन्तै गर्नुपर्ने अवस्था भएको छ । फेसबुकले केही समयअघि जारीको गरेको सूचना अनुसार अब केही समयभित्रमा नै फेसबुकमा भएका प्राईभेट ग्रुपलाई पब्लिक बनाउन सकिने छैन । फेसबुकका अनुसार प्राईभेट ग्रुपमा भएका प्रयोगकर्ताहरुको गोपनियताको ख्याल गर्दै फेसबुकले यस्तो कदम चाल्न थालेको हो ।

प्राईभेट ग्रुपमा भएका सदस्यहरु र उनीहरुले सो ग्रुपमा पोष्ट गरेका कुराहरुलाई त्यस ग्रुपमा भएका सदस्यहरुबाहेक अरुले हेर्न सक्दैनन् । ग्रुपमा भएका कुनै सदस्यले प्राईभेट ग्रुपमा भएका पोष्टहरु पब्लिक रुपमा शेयर गरेता पनि त्यो मेम्बर छैन भने हेर्न मिल्दैन । त्यसैले फेसबुकमा त्यस्ता कयौँ प्राईभेट ग्रुपहरु छन् जसमा विशेष पोष्टहरु हुने गर्छन् । साथै कतिपयले त सोही ग्रुपबाट नै अनलाईन व्यवसाय चलाएका हुन्छन् । ग्रुप बनाउने र धेरै सदस्यहरु आवद्ध गराएर बेचेर पनि कयौँले आर्थिक फाईदा लिइरहेका हुन्छन् । यसरी प्राईभेट ग्रुपलाई किनेको मान्छे वा त्यसको एडमीनले कुनै पनि बेलामा पब्लिक बनाउन सक्ने सूविधा पनि फेसबुकमा थियो तर अब भने त्यो सूविधा हट्दैछ । त्यसैले यदि तपाई फेसबुक ग्रुपलाई अहिले नै पब्लिक बनाउन चाहानुहुन्छ भने तुरुन्तै पब्लिक बनाउनुहोस् अन्यथा अबदेखि यो सूविधा पाईने छैन । अहिलेका लागि फेसबुकले ५ हजारभन्दा कम सदस्य भएका प्राईभेट ग्रुपहरुलाई प्रत्येक एक महिनाको अन्तरालमा प्राईभेट वा पब्लिक बनाउन मिल्ने सेटिङ राखेको छ ।

तर ५ हजार वा सोभन्दा बढी सदस्य भएका प्राईभेट ग्रुपलाई भने अब उपरान्त पब्लिकमा परिवर्तन गर्न सकिने छैन । त्यसैले तपाईको फेसबुक ग्रुपलाई पब्लिक बनाउन चाहानुहुन्छ भने आजै पब्लिक बनाउनुहोस् अथवा ५ हजारभन्दा कम सदस्य भएकै समयमा पब्लिकमा परिवर्तन गर्नुहोस् । तपाईको ग्रुप पब्लिक वा प्राईभेट कसरी बनाउने भन्ने जानकारी तपाईसँग छैन भने कृपया हाम्रो अर्को च्यानल टेक्निकल सहयोगीमा फेसबुक ग्रुप सेटिङ सम्बन्धी भिडियोलाई हेर्नुहोस् । हामीले त्यहाँ यसबारेमा चर्चा गरेका छौँ । तपाईको सजिलोको लागि उक्त भिडियोको लिंक यस भिडियोको तल डिस्क्रीप्सनमा, आई बटनमा र भिडियोको अन्तिममा ईन्ण्डस्क्रीनमा राखिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*