‘डाँडैको चौतारी’–जुन गीतले शान्ति राईलाई चिनायो

१७ श्रावण २०७७, शनिबार २१:२४

मकवानपुर, १७ साउन । गायिका शान्ति राई, नेपाली साँगितिक आकाशमा उदाउँदै गरेकी नयाँ आवाज हुन् जसलाई उनको पहिलो अफिसियल गीतले नै चर्चामा ल्याईदिएको छ । १६ जुलाई २०२० मा ‘मेरो अनलाईन टिभी’ युट्युब च्यानलबाट उनको पहिलो अफिसियल गीत सार्वजनिक भएको हो । ‘डाँडैको चौतारी’ बोलको उक्त गीतका गायिका हुन् शान्ति राई । नेपाल आईडलका चर्चित प्रतियोगी एवम् गायक प्रविण बेड्वालसँगको त्यो गीतले प्रविणको चर्चा त चल्यो नै साथै प्रविणसँगै घन्किएको शान्तिको आवाजले पनि चर्चा पायो । यो पुर्वेली भाकामा प्रविण र शान्तिको आवाजको मिठासले दर्शक–श्रोताको मन छुन सफल भएको छ । फलस्वरुप गीतले राम्रो भ्यूज पनि पाएको छ । हेर्नुहोस् गीतको म्यूजिक भिडियो–

हुन त शान्तिका अन्य गीतहरु यस अघि नै रेकर्ड भएका थिए तर उनको पहिलो सार्वजनिक गीत भने ‘डाँडैको चौतारी’ नै बन्यो । उनका रेकर्ड भएका अन्य गीतहरु पनि सार्वजनिक हुने तयारीमा रहेको छ । उनका यसअघि नै केही कभर गीतहरुले पनि चर्चा पाएको थियो । उनका केही गीतका लिरिकल भर्सन मात्र सार्वजनिक भएका छन् ।

‘डाँडैको चौतारी’ बोलको गीतलाई यो सामग्री तयार पार्दाको समयमा १ लाख ४० हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १० हजार लाईक र ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । गीतमा डिबी सर्व श्रेष्ठको शब्द र सँगीत रहेको छ । मनोज साङ्सोन राईले गीतलाई एरेञ्ज गरेका छन् । एसएम अफिसियलले प्रोडक्सन गरेको गीतका रेकर्डिष्ट सुरेश राई हुन् । गीतलाई राजु कार्कीले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई सागर लामिछाने मगरले छायाँकन र सम्पादन गरेका छन् ।

यो पनि हेर्नुहोस्–
यति सस्तो अफर
नेपाल टेलिकमले विभिन्न आकर्षक योजनाहरु बेला–बेलामा सार्वजनिक गर्ने गरेको छ । यदि तपाई पनि एनटिसी अर्थात नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ भने ती अफरहरुको प्रयोग आफुलाई अनुकुल पर्छ भने प्रयोग गर्न सक्नुहुन्छ । यस भिडियोमा हामी तपाईलाई एनटिसीको ‘स्प्रीङ अफर’ का बारेमा जानकारी दिँदैछौँ । यस अफर अन्तर्गत कस्ता डाटा र भ्वाईस प्याकेजका अफरहरु छन् ? ती अफरहरुको प्रयोग गर्न कति पैसा लाग्छ ? ती मध्ये कुन अफर प्रभावकारी छ र त्यो अफरलाई कसरी मोबाईलमा सुचारु गर्ने भनेर यो भिडियोमा जानकारी दिइएको छ । पुरा जानकारीका लागि भिडियोलाई अन्तिमसम्मै हेरिदिनुहोला ।

पिडिएफ फाईल बनाउने सबैभन्दा सजिलो तरिका
आदरणीय दर्शकविन्द, तपाईहरुले पिडिएफ फाईलका बारेमा त सुन्नुभएको नै छ । हामी हाम्रो अफिस तथा व्यक्तिगत प्रयोजनका लागि पिडिएफ फाईलको प्रयोग गरिरहेका हुन्छौँ । पिडिएफको पुरा रुप पोर्टेबल डकुमेन्ट फम्र्याट हो । यो प्रिण्टेड भर्सनलाई ईलेक्ट्रोनिक भर्सनमा पढ्न मिल्ने सजिलो तरिकाका रुपमा पनि लिने गरिन्छ । अनि यसलाई ईमेजका रुपमा कन्भर्ट गर्न पनि सजिलो हुन्छ । पिडिएफ फाईललाई तपाई मोबाईलमा पनि खोल्न सक्नुहुन्छ । आजको यस भिडियोमा तपाईलाई वल्र्ड फाईललाई पिडिएफ बनाउने सबैभन्दा सजिलो तरिका बताउँदैछु । यो पिडिएफ फाईल बनाउन तपाईलाई कुनै पनि थप सफ्टवयरको आवश्यकता पर्दैन । तपाई केबल एक दुई क्लिकमै पिडिएफ फाईल बनाउन सक्नुहुन्छ । यो तरिकाबाट तपाई वर्ल्ड फाईल मात्र नभई फोटो, पावरप्वाईन्ट, एक्सेल, पेजमेकर फाईल लगायतका सबै फाईललाई पिडिएफमा कन्भर्ट गर्नसक्नुहुन्छ । आउनुहोस् यो तरिका सिकौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*