प्रविण बेड्वालको पुर्वेली गीत चर्चामा

१४ श्रावण २०७७, बुधबार २१:२९
Featured Video Play Icon

मकवानपुर, १४ साउन । नेपाल आईडल सिजन ३ को सर्वाधिक चर्चित प्रतियोगी प्रविण बेड्वालको अफिसियल गीतहरुले यतिखेर सांगितिक बजारलाई तताईरहेको छ । केही समयअघि मात्रै २ वटा गीतहरु सार्वजनिक भएपछि थप चर्चामा आएका प्रविणको तेस्रो गीत पनि चर्चामा छ । उनले गाएको तेस्रो गीत मेरो अनलाईन टिभी युट्युब च्यानलबाट सार्वजनिक भएको हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

२०२० जुलाई १६ मा रिलिज भएको यो गीतमा प्रविण बेड्वालसँगै शान्ति राईको आवाज रहेको छ । ‘डाँडैको चौतारी’ बोलको गीतमा डिबी सर्व श्रेष्ठको शब्द र सँगीत रहेको छ । मनोज सङ्सोन राईले गीतलाई एरेञ्ज गरेका छन् । यो सामग्र्री तयार पार्दाको समयमा यस गीतको म्यूजिक भिडियोलाई १ लाख ३८ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १० हजार लाईक र ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । गीतको भिडियोलाई सागर लामिछाने मगरले छायाँकन र सम्पादन गरेका छन् । हेर्नुहोस् म्यूजिक भिडियो–

आदरणीय दर्शकविन्द, तपाईलाई प्रविण बेड्वालको यो गीत कस्तो लाग्यो ? कृपया हेरेर कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्–
मुटुदेखि मुटुसम्म युट्युब भर्सन एपिसोड ६ विवाह–प्रेम र जीवनको उत्कर्ष
मुटुदेखि मुटुसम्मको यस भागमा विवाहका बारेमा चर्चा गरिएको छ । रेडियो अनमोलबाट २०७६ बैशाख १७ गते गते प्रसारित कार्यक्रम मुटुदेखि मुटुसम्मको यो रेडियो भर्सन हो । यसमा गीत र प्रोमो तथा फिलरहरुलाई हटाईएको छ । यसमा तपाईले तपाईले पठाउनुभएकै एसएमएस र कमेन्टहरुलाई सुन्न सक्नुहुन्छ र तपाईका लागि प्रेम सन्देशहरु पनि पाउनुहुन्छ । यसमा क–कसको सन्देश छ सुनेर, हेरेर साथ दिनुहोस् । साथै यसै भिडियोको डिस्क्रीप्सनमा यस कार्यक्रमको ओरिजिनल रेडियो भर्सन पनि यो हप्ताको अन्तिममा राखिने छ । यो भिडियोलाई लाईक र कमेन्ट गरिदिनुहोला ।

मुटुदेखि मुटुसम्म युट्युब भर्सन एपिसोड ५ प्रतिस्पर्धामा रुमल्लिएको प्रेम
मुटुदेखि मुटुसम्मको यस भागमा जब मानिसहरु संसारको प्रतिस्पर्धामा रुमल्लिन्छन् तब कसरी प्रेमको बली चढ्छ भन्ने बारेमा चर्चा गरेको छु । रेडियो अनमोलबाट २०७६ बैशाख १० गते प्रसारित कार्यक्रम मुटुदेखि मुटुसम्मको यो रेडियो भर्सन हो । यसमा गीत र प्रोमो तथा फिलरहरुलाई हटाईएको छ । यसमा तपाईले तपाईले पठाउनुभएकै एसएमएस र कमेन्टहरुलाई सुन्न सक्नुहुन्छ र तपाईका लागि प्रेम सन्देशहरु पनि पाउनुहुन्छ । यसमा क–कसको सन्देश छ सुनेर, हेरेर साथ दिनुहोस् । साथै यसै भिडियोको डिस्क्रीप्सनमा यस कार्यक्रमको ओरिजिनल रेडियो भर्सन पनि यो हप्ताको अन्तिममा राखिने छ । यो भिडियोलाई लाईक र कमेन्ट गरिदिनुहोला । हेर्नुहोस् पुरा भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*