महेन्द्रराज बराल र अस्मिता अधिकारीको गीत भाईरल

१४ श्रावण २०७७, बुधबार २१:०७
Featured Video Play Icon

मकवानपुर, १४ साउन । चर्चित गायक महेन्द्रराज बराल र गायिका अस्मिता अधिकारीको ‘रुमालै चिनो धोई–धोई’ बोलको गीतले नेपाली साँगितिक बजारमा चर्चा कमाएको छ । गायक बरालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको म्यूजिक भिडियोलाई दर्शक श्रोताले रुचाएका हुन् । कुनै गायकको आफ्नै अफिसियल च्यानलबाट गीत रिलिज गर्नका लागि ठूलो जोखिम मोल्नुपर्छ । तर सिमित सब्स्क्राईबर भएता पनि महेन्द्रको आफ्नै च्यानलमा गीतको भ्यूज ३ दिन नपुग्दै एक लाखभन्दा बढी भएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस गीतको म्यूजिक भिडियोलाई १ लाख ४७ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा करिब ६ हजार लाईक र करिब ६ सयवटा कमेन्टहरु गरिएका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

हरि लम्सालको शब्द, संगीत र एरेञ्जमा तयार भएको गीतमा युवा जोडीको प्रेमको प्रसंग समावेश गरिएको छ । गीतमात्र नभई गीतको म्युजिक भिडियोले समेत दर्शकको मन जित्न सफल भएको छ । गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार लक्ष्मी बर्देवा, जीवन भट्टराई र गायक बरालले अभिनय गरेका छन् । बुद्ध थापाको टिमले छायाँकन गरेको म्युजिक भिडियोलाई लक्ष्मी र जीवनले नै निर्देशन गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

महेन्द्रको यसअघि रिलिज भएको ‘नभए साहारा’ बोलको गीतले पनि निक्कै चर्चा कमाएको थियो । उनका केही अन्य गीतहरु पनि चर्चामा छन् । उनी अहिले नेपाल स्टारमा पनि बलिया प्रतिस्पर्धीका रुपमा उभिएका छन् ।आदरणीय दर्शकविन्द, तपाईलाई महेन्द्रराज बरालको गीत कस्तो लाग्यो ? कृपया हेरेर कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् गीतको भिडियो–

यो पनि हेर्नुहोस्–
मुटुदेखि मुटुसम्म वेब सिरिज भाग ७ एलिसा गौतममा समर्पित
मुटुदेखि मुटुसम्मको यो एपिसोड दाङको तुलसीपुर निवासी एलिसा गौतममा समर्पित छ । साथै मेरो साथी सुरेनको लागि पनि यो समर्पित छ । उनले फेसबुकमा लाईभ आएर जीवन त्यागेकी थिईन् । वि.सं. २०७७ साल असार १८ गते बिहीबार बिहानै फेसबुकमा एउटा भिडियो भाईरल भयो । भर्खरकी एउटी चेलीले फेसबुक लाईभ गर्दै आत्माहत्या गरिन् । नाम–एलिसा गौतम, उमेर अन्दाजी २३ वर्ष । सुन्दा अपत्यारिलो लाग्छ तर घटना सत्य हो । उनले झुण्डदै गरेको भिडियो बारे अफिसबाट थाहा पाएँ । मनमा असह्य पिडा भयो भिडियोलाई हेर्न सकिनँ । केही समय काम नगरी बसेँ, मनमा एकप्रकारको छटपट्टि भईरह्यो । आजभोलि आत्माहत्या र हत्याको समाचारले मनमा एउटा ठूलो पिडा महशुस गर्छु । हेर्नुहोस् यो भिडियो-

मुटुदेखि मुटुसम्म वेब सिरिज भाग ६ जीवन र मृत्यू
हामी जन्मिँदा रुँदै र चिच्याउँदै जन्मन्छौँ, सायद हामीले सृष्टिको सुन्दर पृथ्वीमा पहिलो पटक मुख उघार्दा जानेको भनेको नै रुन होला । हामी रुँदै जन्मिएपनि हाम्रा आमाबुवा अनि आफन्तहरुको मुहारमा खुशीका तरङ्गहरु तरङ्गित हुन्छन् त्यसबेला । रुँदै गरेको सानो शिशुलाई काखमा लिँदा सायद आमाबुवाको आनन्दको कुनै सिमा रहँदैन । एकातिर पहिलो पटक रुन सिकेको शिशु र अर्कोतिर शिशुको आगमनले गदगद भएको उनको आमाबुवाबिचमा एउटा सुन्दर जीवनको सुरुवात हुन्छ । सृष्टिको अद्भुत कला अनि सृष्टिकर्ताको महान प्रेमको सुन्दर दृश्य देखिन्छ त्यो समयमा । हेर्नुहोस पुरा भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*