किरण र अस्मिताको गीत ट्रेण्डिङमा

१३ श्रावण २०७७, मंगलवार १६:५२
Featured Video Play Icon

मकवानपुर, १३ साउन । नेपाल आईडलबाट सर्वाधिक चर्चामा आएका प्रतियोगी तथा गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको ‘आँखामा बसाउ मलाई’ बोलको गीत सार्वजनिक भएसँगै भाईरल भएको छ । यो गीतको म्यूजिक भिडियो अहिले ट्रेण्डिङमा पनि परेको छ । यो गीतलाई दर्शक श्रोताले मन पराएर लाईक, कमेन्ट र शेयर पनि गरिरहेका छन् । गीत टिकटक जस्ता एपहरुमा भाईरल भएको छ । द डिभाईन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई यो सामग्री तयार पार्दाको समयमा २ लाख ८४ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १५ हजार लाईक र ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ४८ नम्बर ट्रेण्डिङमा परेको यो गीत ४६, ४२, ४१, ४० हुँदै यो सामग्री तयार पार्दाको समयमा ३७ औँ नम्बर टे«ण्डिङमा रहेको छ । गीत लगातार टे«ेण्डिङको शिरतिर दौडिरहेको छ ।

यसैबिच गीत भाईरल भएपछि किरणले सामाजिक सञ्जालमा लाईभ आएर सबै दर्शक श्रोतालाई धन्यवाद दिएका छन् । गीत ४८ नम्बरमा ट्रेण्डिङमा हुँदा उनले यो लाईभ भिडियो शेयर गरेका थिए । उनले लाईभमा आएर गीतका बारेमा श्रोतालाई थाहा नभएका केही कुराहरु पनि खोलेका छन् । उनले लाईभमा के भनेका छन् ? हेरौँ यो भिडियो रिपोर्ट–

सुमधुर आवाजसँगै अभिनय कलामा पनि दख्खल राख्ने यी दुई गायक गायिकाले गीतको म्युजिक भिडियोमा रोमान्टिक अभिनय गरेका छन् । जीवनसाथीबिचको रोमान्टिक भावना समेटिएको गीतको शब्द चर्चित संगीतकार अर्जुन पोखरेलले लेखेका हुन् । गीतलाई पोखरेलले नै संगीत र एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका उछन् । विधान कार्कीको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । हेरौँ गीतको भिडियो–

आदरणीय दर्शकविन्द, तपाईलाई किरण र अस्मिताको गीत कस्तो लाग्यो ? कृपया भिडियो हेरेर कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

यो पनि हेर्नुहोस्–
यति सस्तो अफर
नेपाल टेलिकमले विभिन्न आकर्षक योजनाहरु बेला–बेलामा सार्वजनिक गर्ने गरेको छ । यदि तपाई पनि एनटिसी अर्थात नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ भने ती अफरहरुको प्रयोग आफुलाई अनुकुल पर्छ भने प्रयोग गर्न सक्नुहुन्छ । यस भिडियोमा हामी तपाईलाई एनटिसीको ‘स्प्रीङ अफर’ का बारेमा जानकारी दिँदैछौँ । यस अफर अन्तर्गत कस्ता डाटा र भ्वाईस प्याकेजका अफरहरु छन् ? ती अफरहरुको प्रयोग गर्न कति पैसा लाग्छ ? ती मध्ये कुन अफर प्रभावकारी छ र त्यो अफरलाई कसरी मोबाईलमा सुचारु गर्ने भनेर यो भिडियोमा जानकारी दिइएको छ । पुरा जानकारीका लागि भिडियोलाई अन्तिमसम्मै हेरिदिनुहोला ।

पिडिएफ फाईल बनाउने सबैभन्दा सजिलो तरिका
आदरणीय दर्शकविन्द, तपाईहरुले पिडिएफ फाईलका बारेमा त सुन्नुभएको नै छ । हामी हाम्रो अफिस तथा व्यक्तिगत प्रयोजनका लागि पिडिएफ फाईलको प्रयोग गरिरहेका हुन्छौँ । पिडिएफको पुरा रुप पोर्टेबल डकुमेन्ट फम्र्याट हो । यो प्रिण्टेड भर्सनलाई ईलेक्ट्रोनिक भर्सनमा पढ्न मिल्ने सजिलो तरिकाका रुपमा पनि लिने गरिन्छ । अनि यसलाई ईमेजका रुपमा कन्भर्ट गर्न पनि सजिलो हुन्छ । पिडिएफ फाईललाई तपाई मोबाईलमा पनि खोल्न सक्नुहुन्छ । आजको यस भिडियोमा तपाईलाई वल्र्ड फाईललाई पिडिएफ बनाउने सबैभन्दा सजिलो तरिका बताउँदैछु । यो पिडिएफ फाईल बनाउन तपाईलाई कुनै पनि थप सफ्टवयरको आवश्यकता पर्दैन । तपाई केबल एक दुई क्लिकमै पिडिएफ फाईल बनाउन सक्नुहुन्छ । यो तरिकाबाट तपाई वर्ल्ड फाईल मात्र नभई फोटो, पावरप्वाईन्ट, एक्सेल, पेजमेकर फाईल लगायतका सबै फाईललाई पिडिएफमा कन्भर्ट गर्नसक्नुहुन्छ । आउनुहोस् यो तरिका सिकौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*